२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्याण्डले कर अनिश्चितताको कारण वृद्धिको पूर्वानुमान घटायो

६ जेष्ठ २०८२, सोमबार १३:५९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले सन् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार बताएका छन् ।

वासिङ्टनले प्रस्ताव गरेको विश्वव्यापी ‘पारस्परिक’ करको एक हिस्साको रूपमा थाइल्याण्डले जुलाईसम्ममा कर कटौती गर्न सहमत नभएमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद् (एनईएसडीसी) को कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको छ ।

यद्यपि, थाइल्याण्डले यस वर्षको वृद्धिको अनुमानलाई २.३ प्रतिशतदेखि ३.३ प्रतिशतबाट १.३ प्रतिशत र २.३ प्रतिशतको बीचमा झारेको छ ।
एनईएसडीसीका महासचिव दानुचा पिच्याननले सन् २०२५ मा पर्यटकको सङ्ख्यामा आउने अनुमानित गिरावटका साथै शुल्क अनिश्चिततालाई दोष दिएका छन् ।

“व्यापार वार्ता अझै सकिएको छैन र धेरै देशहरू छलफलका लागि लाइनमा बसेका छन्,” उहाँले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले व्यापार वार्ताको नतिजा नआउँदासम्म निजी क्षेत्रले लगानी गर्न ढिलाइ गरेकाले दोस्रो त्रैमासिकमा आर्थिक अवस्था सुस्त हुने सम्भावना रहेको बताउनुभयो ।

थाइल्याण्डले पनि सन् २०२५ मा चिनियाँ पर्यटकको आगमनको अनुमान तीन करोड ८० लाखबाट घटाएर तीन करोड ७० लाखमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव