२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनसँग डेनमार्कको ‘खुला’ छलफल

२०८२, ६ जेष्ठ सोमबार १७:३५

डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताउनुभएको छ ।

विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भन्नुभएको छ, “मैले आफ्ना चिनियाँ सहकक्षीसँग युक्रेनमा रुसको आक्रामक युद्धमा विश्व समुदायले समस्याग्रस्त बताएको चीनको समर्थनलाई रोक्ने बारेमा स्पष्ट कुराकानी गरेको छु।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनको युद्ध रोक्ने ‘विशेष जिम्मेवारी’ रहेको उल्लेख गर्दै उहाँले मस्कोमा आफ्नो प्रभाव प्रयोग गर्नुको सट्टा युद्ध रोक्न बेइजिङलाई आग्रह गरेको बताउनुभयो ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्डका बारेमा पनि छलफल भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै ग्रीनल्याण्डको नियन्त्रण आवश्यक रहेको बताउँदै यसको सुरक्षाका लागि बल प्रयोग गर्नका लागि वासिङ्टनको प्रस्तावलाई अस्वीकार गरेपछि डेनमार्क र अमेरिकाबीच तनाव बढेको छ ।

“चीनले ग्रीनल्याण्डको विषयमा डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ,” वाङ यीले आफ्ना डेनिस समकक्षीसँग भेटका क्रममा बताउनुभयो ।

डेनमार्कको विदेश मन्त्रालयले पनि लोक्केले ताइवानको जल क्षेत्रमा संयमता देखाउन चीन सरकारलाई अपिल गरेको र यथास्थितिमा एकतर्फी परिवर्तनबाट जोगिनुको महत्वमा जोड दिएको बताएको छ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाउन लोक्कले हालैे चीनको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार