२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत

६ जेष्ठ २०८२, सोमबार १८:०९

बङ्गलादेश सरकारको उच्च आर्थिक नीतिनिर्माण निकायले आगामी आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जूनसम्म का लागि २.३ ट्रिलियन टाका (करिब १९ अर्ब अमेरिकी डलर) बराबरको वार्षिक विकास कार्यक्रम (एडीपी) स्वीकृत गरेको छ।

यो रकम चालु आर्थिक वर्ष सन् २०२४–२५ को संशोधित एडीपीभन्दा ६.५८ प्रतिशतले बढी हो।

नयाँ एडीपी आइतवार अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष मुहम्मद युनुसको अध्यक्षतामा बसेको बैठकमा स्वीकृत गरिएको हो।

बैठकपछि योजना सल्लाहकार वाहिदुद्दिन महमुदले पत्रकारहरूसँग कुरा गर्दै जानकारी गराए अनुसार आगामी आर्थिक वर्षको एडीपीमा समावेश २.३ ट्रिलियन टाकामध्ये १.४४ ट्रिलियन टाका आन्तरिक स्रोतबाट जुटाइनेछ भने बाँकी ८६० अर्ब टाका विदेशी परियोजना सहायता स्वरूप प्राप्त गरिनेछ।

यस एडीपीमा यातायात, सञ्चार, ऊर्जा तथा विद्युत् क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। साथै, सार्वजनिक कोषको दुरुपयोग रोक्दै त्यसको अधिकतम उपयोग सुनिश्चित गर्ने कुरामा पनि जोड दिइएको छ।

आगामी वर्ष कार्यान्वयनका लागि कुल एक हजार१४३ परियोजनाहरू समावेश गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव