२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह

७ जेष्ठ २०८२, मंगलवार १५:२९

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले मङ्गलबार मस्कोले युक्रेनमा युद्धविराममा सहमत नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्नुभएको छ ।

“अमेरिकाले भनेको थियो कि यदि रूस बिना शर्त युद्धविराममा सहमत भएन भने त्यसका परिणामहरू हुनेछन् । त्यसैले हामी ती परिणामहरू, अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ”, कालासले ब्रसेल्समा इयुका मन्त्रीहरूको बैठकमा भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले दुई नेताबीचको कुराकानीले पुटिनलाई ‘साँच्चै शान्तिमा चासो नभएको’ देखाएको बताउनुभयो ।

“उहाँ अझै पनि छुटका लागि तयार हुनुहुन्न, केवल आफ्नो सर्तमा युद्धविरामको कुरा गर्नुहुन्छ”, पिस्टोरियसले भन्नुभयो ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार ट्रम्प र युरोपेली नेताहरूबीचको छुट्टै फोनवार्तापछि इयुले थप प्रतिबन्धमार्फत मस्कोमाथि ‘दबाब बढाउने’ बताउनुभयो ।

मुख्यतया रुसले तेल निर्यातमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्न प्रयोग गर्ने ‘छाया फ्लीट’ लाई लक्षित गर्दै युक्रेनमा गरेको आक्रमणलाई लिएर इयुले मङ्गलबार मस्कोमाथि १७औँ चरणको प्रतिबन्ध औपचारिक रूपमा अपनाउने छ ।

प्रतिबन्धहरूको थप प्याकेज पहिले नै टेबलमा राखिएको छ तर इयुसँग क्रेमलिनमाथि ठूलो चोट पु¥याउने सीमित मार्गहरू भएको आशङ्का छ ।

“हामी रुसमाथि थप दबाब दिन प्रतिबन्धको अर्को कडा प्याकेजमा काम गर्न जारी राख्छौँ ताकि उनीहरू पनि शान्ति चाहून्”, कालासले भन्नुभयो, “तेलको मूल्यको सीमा, ऊर्जा, बैंकिङ क्षेत्रलाई लिएर पनि प्रतिबन्धहरू छन्–यी प्रतिबन्धहरूले रुसको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव