२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिन कुर्स्कको भ्रमणमाः क्रेमल

८ जेष्ठ २०८२, बुधबार १२:३८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रूसको युक्रेनसँगको सीमावर्ती क्षेत्र कुर्स्कको भ्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।

रुसी सेनाले युक्रेनी सेनालाई कुर्स्क क्षेत्रबाट पछि हटाएको केही हप्तापछि पुटिनले मङ्गलबार उक्त क्षेत्रको भ्रमण गर्नुभएको हो ।

“रूसी नेता पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गर्नुभएको छ”, क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुर्स्कमा रहँदा उहाँले अन्तरिम गभर्नर र अन्य रूसी अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

युक्रेनी सेनाले सन् २०२४ अगस्टमा कुर्स्क क्षेत्रको केही भागकब्जा गरेको थियो, तर मस्कोको सेनाले उत्तर कोरियाली सेनाको सहयोगमा अप्रिलको अन्त्यसम्ममा उक्त क्षेत्रबाट उनीहरूलाई बाहिर निकालेको थियो।

कुर्स्कबाट रोसिया २४ च्यानललाई दिएका अन्तवार्ताका क्रममा प्रसारित तस्वीरमा पुटिन चिया र मिठाइले सजिएको ठूलो टेबुलको वरिपरि आरामले मुस्कुराइरहेको देखिन्छ।

नेता पुटिनले स्थानीय आणविक उर्जा केन्द्रको पनि भ्रमण गर्नुका साथै शहरका अधिकारीहरुसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ ।

उहाँले यसअघि मार्चको अन्त्यमा कुर्स्कको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव