५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

८ जेष्ठ २०८२, बुधबार १३:००

भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले मङ्गलबार आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्नुभएको छ ।

सतहत्तर वर्षीया मुश्ताक कन्नड भाषाको साहित्यबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुनुहुन्छ ।

“यो क्षण हजारौँ जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र पूर्णतया सामूहिक”, मुश्ताकले लन्डनको टेट मोडर्न ग्यालरीमा आयोजित एक समारोहमा भन्नुभयो, “म यो महान सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्दछु ।”

मुश्ताकले ५० हजार पाउन्ड (६७ हजार डलर) को पुरस्कार उहाँको अनुवादक दीपा भस्तीसँग बाँड्नुहुनेछ । भस्तीले कथाहरू छनोट गर्न सहयोग गर्नुभएको थियो ।

‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि सन् २०२३ बीच मूल रूपमा प्रकाशित १२ कथा सङ्कलित छन् । यी कथाले महिला र केटीहरूको अनुभवहरूमा ध्यान केन्द्रित गर्दै दक्षिण भारतका मुस्लिम समुदायहरूको दैनिक जीवनलाई चित्रण गर्छन् ।

समालोचकहरूले यस सङ्ग्रहको सुक्खा र मधुर हास्य, यसको चतुर, बोलचालको शैली र पितृसत्ता, जातिवाद र धार्मिक रूढिवादमाथि गरिएको तीव्र टिप्पणीका लागि प्रशंसा गरेका छन् ।

दक्षिण पश्चिम भारतको कर्नाटक राज्यमा बस्नुहुने मुश्ताक महिला अधिकारमा वकालत गर्ने र भेदभावको सामना गर्ने कानूनी कार्यका लागि परिचित हुनुहुन्छ ।

निर्णायक मण्डलले जोशिला हजुरआमादेखि लिएर अल्मलिएका धार्मिक पण्डितहरूसम्मका उहाँका पात्रहरूलाई ‘अस्तित्व र लचिलोपनको आश्चर्यजनक चित्रण’ भनेर सम्मान गरेको छ ।

“मेरा कथाहरू महिलाहरूको बारेमा छन् – कसरी धर्म, समाज र राजनीतिले उनीहरूबाट निर्विवाद आज्ञाकारिताको माग गर्छ र त्यसो गर्दा उनीहरूलाई अमानवीय क्रूरता दिन्छ, उनीहरूलाई केवल अधीनस्थहरूमा परिणत गर्दछ”, उहाँले भन्नुभयो ।

निर्णायक समितिका अध्यक्ष म्याक्स पोर्टरले ‘हार्ट ल्याम्प’ लाई ‘अङ्ग्रेजी पाठकहरूका लागि वास्तवमै नयाँ कुरा’ भनेर सराहना गर्नुभयो ।

“एउटा मौलिक अनुवाद जसले अङ्ग्रेजीको बहुलतामा नयाँ बनावटहरू सिर्जना गर्न भाषालाई हल्लाउँछ । यसले अनुवादको हाम्रो बुझाइलाई चुनौती दिन्छ र विस्तार गर्दछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता