२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

२०८२, ८ जेष्ठ बुधबार १७:२३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गर्नुभएको छ र परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन बर्षसम्ममा यसलाई कार्यान्वयनमा ल्याइने योजनामा उल्लेख छ ।

यसैबीच, बेइजिङले बुधबार ‘गोल्डेन डोम’लाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिँदै संयुक्त राज्य अमेरिकाले हतियारको होडबाजीलाई बढावा दिएको आरोप लगाएको छ।

स्थानीय समय अनुसार मङ्गलबार ह्वाइट हाउसमा ट्रम्पले भन्नुभयो, “चुनावी अभियानमा मैले अमेरिकी जनतालाई अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा कवच बनाउने वाचा गरेको थिएँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु । हामीले यस अत्याधुनिक प्रणालीको लागि आधिकारिक रूपमा ढाँचा चयन गरेका छौँ ।

ट्रम्पले भन्नुभयो, “एकपटक पूर्ण रुपमा निर्माण भएपछि ‘गोल्डेन डोम’ क्षेप्यास्त्रलाई विश्वका अन्य देशबाट प्रक्षेपण गरिए पनि र अन्तरिक्षबाट प्रक्षेपण गरिए पनि त्यसलाई रोक्न सक्षम हुनेछ ।”

“यो हाम्रो देशको सफलता र अस्तित्वको लागि पनि धेरै महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

उहाँले अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनले यस प्रयासको नेतृत्व गर्ने र क्यानडाले पनि सुरक्षा प्राप्त गर्न चाहेकाले यसमा सहभागी हुन चासो व्यक्त गरेको बताउनुभयो ।

ट्रम्पले यसको कुल मूल्य करिब १७५ अर्ब अमेरिकी डलर रहेको बताए पनि संसद्को बजेट अफिसले अन्तरिक्षमा आधारित इन्टरसेप्टरको सीमित सङ्ख्यालाई परास्त गर्न २० वर्षमा १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म खर्च हुने अनुमान गरेको छ ।

उहाँले भन्नुभयो, “‘गोल्डेन डोम’को विस्तृत लक्ष्य छ र यसले अन्तरिक्ष, समुद्र र जमिनमा रहनेगरी ‘सेन्सर’ र ‘इन्टरसेप्टर’ सहित अर्को पुस्ताका प्रविधिहरू तैनाथ गर्नेछ।”

पेन्टागनका प्रमुख पीट हेगसेथले ट्रम्पको योजनालाई समर्थन गर्दै भन्नुभयो, “यो प्रणालीको उद्देश्य परम्परागत वा आणविक क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक मिसाइल, ड्रोन बाट आफ्नो मातृभूमिको रक्षा गर्नु हो ।

– चीन र रूसद्वारा विरोध–

यो गोल्डेन डोम योजनाको नामाकरण इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमबाट आएको हो जसले सन् २०११ मा सञ्चालनमा आएदेखि हजारौँ छोटो दूरीका रकेट र अन्य प्रोजेक्टाइलहरूलाई रोकेको छ।

संयुक्त राज्य अमेरिकाले विरोधीहरूबाट विभिन्न क्षेप्यास्त्र खतराहरूको सामना गरिरहेको छ तर ‘गोल्डेन डोम’ इजरायलको आइरन डोमको सामना गर्न डिजाइन गरिएको छोटो दूरीका हतियारहरू भन्दा उल्लेखनीय रूपमा भिन्न छन्।

सन् २०२२ को मिसाइल प्रतिरक्षा समीक्षाले चीन र रुसबाट बढ्दो खतरालाई औँल्याएको छ ।

ब्यालेस्टिक र हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिको मामिलामा बेइजिङले वासिङ्टनसँगको दूरी कम गरिरहेको छ भने मस्कोले अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्र प्रणालीलाई आधुनिकीकरण गर्दै उन्नत ‘प्रिसिजन स्ट्राइक’ क्षेप्यास्त्रको विकास गरिरहेको छ ।

वासिङ्टनले योजना घोषणा गर्दै युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेको ड्रोनको खतरा बढ्ने सम्भावना रहेको र उत्तर कोरिया र इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्रका साथै गैरराज्य पक्षबाट रकेट र क्षेप्यास्त्रको खतराबारे पनि चेतावनी दिएको छ ।

बेइजिङले बुधबार उक्त योजनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यसले ’विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरता’लाई कमजोर पार्ने बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थलाई पहिलो स्थान दिएको छ र आफ्नो पूर्ण सुरक्षा खोज्ने तर्फ उन्मुख छ, जुन कुनै पनि देशको सुरक्षा अरूको मूल्यमा हुनुहुँदैन भन्ने सिद्धान्तको उल्लङ्घन गर्दछ।”

माओले भन्नुभयो, “यो योजनाले अन्तरिक्षलाई युद्धभूमि बन्ने खतरा बढाउँछ, हतियारको होडबाजीलाई बढावा दिन्छ र अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार