२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एर्दोगानका शत्रुसँग सम्बन्धका कारण टर्कीमा ६५ सैनिक र प्रहरी पक्राउ

१० जेष्ठ २०८२, शुक्रबार १४:०१

टर्कीले शुक्रबार बिहान ६५ जना सैनिक र प्रहरी अधिकारीहरूलाई स्वर्गीय प्रचारक फेतुल्लाह गुलेनसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरेको छ । गुलेनमाथि सन् २०१६ को असफल कूको योजनाकार भएको आरोप लगाइएको थियो ।

टर्कीको सरकारी समाचार एजेन्सी एनादोलुले टर्की सशस्त्र बलका ५६ सक्रिय सैनिकलाई पक्राउ गरिएको र अन्य सात जनाको खोजी जारी रहेको बताएको छ ।

यसैबीच हल्क टिभीले नौ जना प्रहरी अधिकारीलाई पक्राउ गरिएको उल्लेख गर्दै भनेको छ, “तीमध्ये अधिकांश इस्तानबुलमा छन् ।”

“इस्तानबुलकेन्द्रित ३६ प्रान्तमा आतङ्कवादी सङ्गठन फेटोविरुद्धको कारबाहीमा हिरासत आदेश जारी गरिएका ६३ सक्रिय कर्तव्यरत सैनिकमध्ये ५६ जनालाई पक्राउ गरियो”, एनादोलुले भन्यो ।

फेटो अर्थात ‘फेथुल्लाह आतङ्क सङ्गठन’ – टर्कीले गुलेनको हिज्मत आन्दोलनलाई दिएको नाम हो । गुलेनको एक समय पर्दा पछाडि व्यापक प्रभाव थियो ।

दुई जना कटु शत्रु बन्नुअघि अक्टोबरमा मृत्यु भएका गुलेन कुनै समय राष्ट्रपति रेसेप तैयप एर्दोगानका घनिष्ठ सहयोगी हुनुहुन्थ्यो । उहाँ सन् १९९९ मा संयुक्त राज्य अमेरिका भाग्नुभयो र कहिल्यै फर्कनुभएन ।

उहाँको मृत्युपछि पनि टर्कीले विश्वभर उहाँका अनुयायीहरूलाई खेद्ने वाचा गरेको छ ।

अभियोजकहरूको बयान उद्धृत गर्दै हल्कले गिरफ्तारी अपरेसन इस्तानबुलमा स्थानीय समयानुसार बिहान ६ः०० बजे सुरु भयो र यसमा वायु सेना, जेन्डरमेरी, भूमि र नौसेनाका सदस्यहरू संलग्न रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव