२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पद्वारा हार्वर्डमा विदेशी विद्यार्थीहरूमाथिको प्रतिबन्धको रक्षा

१२ जेष्ठ २०८२, आईतवार १५:०६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्वर्डमा विदेशी विद्यार्थीहरूलाई रोक्ने आफ्नो प्रशासनको कदमको रक्षा गर्नुभएको छ । हार्वर्डमा विदेशी विद्यार्थीमाथिको प्रतिबन्धलाई एक न्यायाधीशले निलम्बन गरेका थिए । विश्वविद्यालयले ट्रम्प प्रशासनको उक्त कार्यलाई गैरकानूनी भनेको थियो ।

“हार्वर्ड किन भन्दैन कि उनीहरूका करिब ३१ प्रतिशत विद्यार्थी विदेशी भूमिबाट आएका छन् र अझै पनि ती देशहरू, केही संयुक्त राज्य अमेरिकाका लागि बिल्कुलै मैत्रीपूर्ण छैनन्, उनीहरूको विद्यार्थीको शिक्षाका लागि केही तिर्दैनन्, न त तिनीहरू कहिल्यै इच्छुक छन्”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्नुभयो, “हामी ती विदेशी विद्यार्थीहरू को हुन् भनेर जान्न चाहन्छौँ, यो एउटा उचित अनुरोध हो किनभने हामीले हार्वर्डलाई अर्बौं डलर दिन्छौँ, तर हार्वर्ड ठ्याक्कै खुलासा गर्न इच्छुक छैन ।”

गृहमन्त्री क्रिस्टी नोएमले बिहीबार हजारौँ विद्यार्थीको भविष्य र उनीहरूले प्रदान गर्ने आकर्षक आय प्रवाहलाई शङ्कामा पार्दै विदेशी नागरिकहरू भर्ना गर्ने हार्वर्डको क्षमतालाई खारेज गर्नुभयो ।

उहाँले गत महिना भिसा धारकहरूको ‘अवैध र हिंसात्मक गतिविधिहरू’ को रेकर्ड नदेखेसम्म विद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने धम्की दिनुभएको थियो ।

तर विश्वविद्यालयले ‘सरकारको मनमानी, लापरवाह, गैरकानूनी र असंवैधानिक कार्यलाई रोक्न’ मुद्दा दायर गरेपछि न्यायाधीशले तुरुन्तै यस कदमलाई निलम्बन गरिदिए ।

ह्वाइट हाउसले अमेरिकी विश्वविद्यालयहरूमाथि धेरै मोर्चामा कडाइ गरिरहेको छ, जसलाई प्रशासनले भनेअनुसार अनियन्त्रित यहुदी विरोधी भावना र अल्पसङ्ख्यकहरूको ऐतिहासिक उत्पीडनलाई सम्बोधन गर्ने उद्देश्यले बनाइएका विविधता कार्यक्रमहरूलाई उल्ट्याउने आवश्यकताको प्रतिक्रियाका रूपमा उचित ठहराइएको छ ।

ट्रम्प प्रशासनले प्यालेस्टिनी लडाकू समूह हमासलाई समर्थन गरेको आरोप लगाउँदै गाजामा युद्धको विरोधमा संलग्न विदेशी विद्यार्थीहरूलाई भिसा रद्द गर्न र निर्वासन गर्न पनि कदम चालेको छ ।

हार्वर्डमा सरकारले नौ अर्ब डलरको कोषलाई समीक्षामा राख्ने धम्की दिएको छ, त्यसपछि दुई अर्ब २० करोड डलरको अनुदानको पहिलो किस्ता र छ करोड डलरको आधिकारिक सम्झौताहरू स्थगित गरेको छ । यसले हार्वर्ड मेडिकल स्कूलका एक अनुसन्धानकर्तालाई निर्वासनका लागि पनि लक्षित गरेको छ ।

विदेशी नागरिकहरूको हानि (विश्वविद्यालयको विद्यार्थी सङ्ख्याको एक चौथाईभन्दा बढी) हार्वर्डका लागि महँगो साबित हुन सक्छ । हार्वर्डले ट्युसनमा एक वर्षमा हजारौँ हजार डलर शुल्क लिन्छ ।

हार्वर्ड सन् २०२४ मा ५३ अर्ब २० करोड डलरको सम्पत्ति भएको अमेरिकाको सबैभन्दा धनी विश्वविद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव