२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्यार्थी भिसा रद्द गर्ने अमेरिकी निर्णयलाई ‘अनुचित’ भन्दै चीनद्वारा आलोचना

१६ जेष्ठ २०८२, बिहीबार १५:२२

बेइजिङले चिनियाँ विद्यार्थीहरूको भिसा ‘अनुचित रूपमा’ रद्द गर्ने अमेरिकी निर्णयको आलोचना गर्दै बिहीबार विदेशमन्त्री मार्को रुबियोको घोषणापछि वासिङ्टनमा विरोध जनाएको बताएको छ ।

“अमेरिकाले विचारधारा र राष्ट्रिय अधिकारको बहानामा चिनियाँ विद्यार्थीहरूको भिसा अनुचित रूपमा रद्द गरेको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “चीनले यसको कडा विरोध गर्दछ र अमेरिकासँग प्रतिनिधित्व दर्ता गरेको छ ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दिनअघि चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने वाचा गरेको थियो । चिनियाँ विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयहरूका लागि राजस्वको सबैभन्दा ठूलो स्रोत हो ।

“संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण क्षेत्रहरूमा अध्ययन गर्नेहरूसहित चिनियाँ विद्यार्थीहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्नेछ”, रुबियोले भन्नुभयो, “हामी जनवादी गणतन्त्र चीन र हङकङबाट भविष्यका सबै भिसा आवेदनहरूको छानविन बढाउन भिसा मापदण्ड पनि संशोधन गर्नेछौँ ।”

युवा चिनियाँहरू लामो समयदेखि अमेरिकी विश्वविद्यालयहरूका लागि महत्त्वपूर्ण छन् । विश्वविद्यालयहरू पूर्ण ट्युसन तिर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा निर्भर छन् ।

चीनको विदेश मन्त्रालयले यस कदममा प्रतिक्रिया दिँदै माओले ‘चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पुर्‍याएको र दुई देशबीचको सामान्य सांस्कृतिक आदानप्रदानमा बाधा पुर्‍याएको’ बताउनुभयो ।

“अमेरिकाको यो राजनीतिक र भेदभावपूर्ण अभ्यासले अमेरिकाले सधैँ प्रचार गर्दै आएको तथाकथित स्वतन्त्रता र खुलापनको झूटो पर्दाफास गरेको छ र अमेरिकाको आफ्नै अन्तर्राष्ट्रिय छवि, राष्ट्रिय छवि र राष्ट्रिय विश्वसनीयतालाई थप हानि पु¥याएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव