२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीलङ्काका पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा २५ वर्षसम्मको जेल सजाय

२०८२, १६ जेष्ठ बिहीबार १६:५५
श्रीलङ्काको एक अदालतले बिहीबार अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा दशकौँको जेल सजाय सुनाएको छ ।
पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामगे र पूर्व व्यापारमन्त्री अनिल फर्नान्डोलाई कोलम्बो उच्च अदालतले राज्यको कोषको पाँच करोड ३० लाख रुपैयाँ (एक लाख ७७ हजार डलर) दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
गोटाबायाका जेठा दाइ महिन्दा राजपाक्षेको सन् २०१५ को पुनःनिर्वाचनको असफल प्रयासलाई बढावा दिने प्रयासमा १४ हजार क्यारम बोर्ड र ११ हजार ड्राफ्ट सेटसहित बोर्ड गेम दान गर्न सरकारी पैसा प्रयोग गरेकामा ती जोडीलाई दुई हजार डलर जरिवाना पनि गरिएको छ ।
अलुथगामागेलाई २० वर्षको जेल सजाय सुनाइएको छ । फर्नान्डोलाई २५ वर्षको सजाय सुनाइएको छ ।
अलुथगामागे अहिले भ्रष्टाचारको आरोपमा सफलतापूर्वक मुद्दा चलाइएको राजपाक्षे नेतृत्वको मन्त्रिमण्डलका सबैभन्दा वरिष्ठ सदस्य हुनुहुन्छ ।
राजपाक्षे दाजुभाइहरू सत्ताबाट बाहिरिएपछि छ वर्षअघि दुवै जना विरुद्धको मुद्दा सुरु भएको थियो, तर गत वर्ष नयाँ सरकार गठन नभएसम्म यो मुद्दा सुस्त गतिमा अघि बढिरहेको थियो ।
अलुथगामागेले सन् २०२२ मा एक चिनियाँ आपूर्तिकर्तालाई ६० लाख नौ हजार डलरको भुक्तानी गर्न अनुमति दिएको आरोपको छुट्टै अनुसन्धानको पनि सामना गर्नुपरेको छ ।
सन् २०२० मा उहाँले श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीलाई सन् २०११ को विश्वकप फाइनलमा भारतको पक्षमा धाँधली गरेको आरोप लगाउनुभएपछि अनुसन्धान सुरु भयो । यो अन्ततः उहाँको दावीलाई प्रमाणित गर्न असफल भयो ।
सन् २०१० देखि २०१५ सम्म खेलकुदमन्त्रीका रूपमा काम गरेका अलुथगामागेले सन् २०२० जुनमा आफूले त्यस समयमा कथित म्याच फिक्सिङको षड्यन्त्र ‘खुलासा गर्न नचाहेको’ बताउनुभएको थियो ।
“सन् २०११ मा हामीले जित्नुपर्ने थियो, तर हामीले खेल बेचेका थियौँ । मलाई लाग्छ म अहिले यसको बारेमा कुरा गर्न सक्छु । म खेलाडीहरूलाई समावेश गरिरहेको छैन, तर केही वर्गहरू संलग्न थिए”, उहाँले भन्नुभयो ।
मुम्बईको वानखेडे स्टेडियममा भएको फाइनलमा श्रीलङ्का ६ विकेटले पराजित भएको थियो । भारतीय र श्रीलङ्काका दुवै खेलाडीले कुनै पनि गलत काम गरेको कुरा अस्वीकार गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह