२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास

१६ जेष्ठ २०८२, बिहीबार १६:५७

दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ । यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो ।

जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट एक सय ३५ किलोमिटर (८५ माइल) उत्तरमा रहेको माछा मार्ने सहर सल्दान्हा खाडीमा रहेको आफ्नो घरबाट बेपत्ता भएकी थिइन् र उनी कहिल्यै फेला परेकी छैनन् ।

उनकी आमा राक्वेल ‘केली’ स्मिथलाई सानी केटीलाई अपहरण गरेर बेचेको आरोपमा दोषी ठहर गरिएको छ । रिपोर्ट अनुसार उनले छोरीलाई २० हजार र्‍यान्ड (एक हजार एक सय डलर) मा बेचेकी थिइन् ।

न्यायाधीश नाथन इरास्मसले ३५ वर्षीया स्मिथ र उनका दुई सह–अभियुक्त–एक प्रेमी र आपसी साथीलाई पनि मानव बेचबिखनका लागि आजीवन कारावासको सजाय सुनाउनुभएको छ ।

ती सबैलाई अपहरणको आरोपमा समानान्तर रूपमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

“म तपाईंहरूको नाम बाल संरक्षण दर्तामा समावेश गर्न आदेश दिन्छु”, इरास्मसले फैसला सुनाउनुभयो ।

स्मिथ अदालतमा उपस्थित थिइन् र एक घण्टाको सुनुवाइका क्रममा निष्क्रिय दृष्टिले बसिरहिन् ।

उनकी छोरी बेपत्ता हुँदा उनी सुरुमा सहानुभूतिको पात्र बनेकी थिइन्, जसले देशव्यापी व्यापक खोजी अभियान चलाएको थियो ।

जोसलिनको आकर्षक हरियो आँखा, फराकिलो मुस्कान र खैरो चुल्ठोहरू देखाउने फोटोहरूले इन्टरनेटमा बाढी ल्याएको थियो ।

यो मुद्दाले राष्ट्रिय ध्यानाकर्षण गरायो । यसमा एक मन्त्रीले उनको सुरक्षित फिर्तीका लागि १० लाख र्‍यान्ड (५४ हजार डलर) पुरस्कारको घोषणा गरेका थिए ।

तर अभियोजकहरूले स्मिथले आफ्नी छोरीलाई एक पारम्परिक निको पार्ने व्यक्तिलाई बेचेको आरोप लगाएपछि मुद्दाले फरक मोड लियो । त्यो व्यक्तिले उनका आँखा र गोरो रङमा चासो राख्थे ।

दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी अपराधको दर छ र बालबालिकाको अपहरण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव