२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फुकुसिमा प्रतिबन्धपछि चीन र जापान समुद्री खाना आयात पुनः सुरु गर्न नजिक

१७ जेष्ठ २०८२, शुक्रबार ११:५४

चीन र जापानले शुक्रबार उनीहरू आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थाल्यो ।

यस कदमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समर्थन गरेको थियो । तर बेइजिङबाट कडा आलोचना भएको थियो र उसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो ।

यस हप्ता बेइजिङमा जापानी अधिकारीहरूसँग भएको वार्ताले ‘पर्याप्त प्रगति हासिल गरेको’ भन्दै चीनले शुक्रबार प्रतिबन्ध हटाउने नजिक पुगेको सङ्केत गरेको थियो ।

“यस वर्ष अहिलेसम्म दुई पक्षले धेरै चरणका प्राविधिक आदानप्रदान गरेका छन्”, बेइजिङको भन्सार प्रशासनले थप विवरण नदिई एक विज्ञप्तिमा भन्यो ।

जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले बेइजिङ र टोकियोले ‘चीनमा मत्स्य उत्पादनहरूको निर्यात पुनः सुरु गर्न आवश्यक प्राविधिक आवश्यकताहरूबारे सहमतिमा पुगेको’ बताउनुभयो ।

“निर्यातसम्बन्धी सुविधाहरूका लागि पुनः दर्ता प्रक्रिया सम्पन्न भएपछि चीनमा निर्यात पुनः सुरु हुनेछ”, हयासीले शुक्रबार भन्नुभयो, “हामी यसलाई एउटा प्रमुख कोसेढुङ्गाका रूपमा लिन्छौँ ।”

यसअघि चीनले फेब्रुअरीमा फुकुसिमा प्लान्ट नजिकै स्वतन्त्र रूपमा सङ्कलन गरेको समुद्री पानी र समुद्री जीवको नमूनामा कुनै असामान्यता नभेटिएको तर प्रतिबन्ध खारेज गर्नुअघि थप परीक्षण आवश्यक रहेको सङ्केत गरेको थियो ।

सन् २०११ मा एउटा ठूलो भूकम्पले घातक सुनामी निम्त्यायो र यसले फुकुसिमा आणविक सुविधालाई डुबाएको थियो भने यसका छ वटा रिएक्टरमध्ये तीन वटालाई पग्लन बाध्य तुल्याएको थियो ।

जापानसँगको सम्बन्ध टोकियोको साम्राज्यवादी विरासतले गर्दा लामो समयदेखि तनावपूर्ण रहेको चीनले प्रशोधित फोहोर पानीलाई वातावरणीय रूपमा गैरजिम्मेवार भएको भन्दै निकासीको कडा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव