१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लहानमा धमाधम ‘ओभरपास’ निर्माणको काम हुँदै

१७ जेष्ठ २०८२, शुक्रबार १६:०२
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा ‘ओभरपास’ निर्माण भइरहेको छ । ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले आगामी डिसेम्बर ३१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ ।
हालसम्म ‘ओभरपास’ निर्माणका लागि २६ मध्ये १४ पायल (पाइल) जमिनको सतहमा राख्ने काम सकिएको कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) तर्फका प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाले बताउनुभयो ।
“निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरणसहित बिहानदेखि रातिसम्मै काम भइरहेको छ”, उहाँले भन्नुभयो, “ओभरपासको कुल लम्बाइ ५५० मिटर हुने छभने यसको ‘ग्राउन्ड क्लियरेन्स’ छ मिटर हुनेछ । अन्तरराष्ट्रिय मापदण्डअनुसार यस ‘ओभरपास’ उचाइ छ मिटरको हुनेछ ।”
मिर्चैया चोकमा पनि ‘ओभरपास’ निर्माण सुरु गरिएको छभने यो सडकखण्डअन्तर्गत लहानमा पाँचवटा ‘अन्डरपास’ निर्माणसम्पन्न भएको छ । तर, विवादका कारण गोलबजारमा निर्माण गरिनुपर्ने दुईवटा ‘अन्डरपास’ निर्माण अझै सुरु हुन नसकेको इन्जिनियर कोइरालाको भनाइ छ ।
निर्माण कम्पनीले सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर सडक मध्यपश्चिम खण्ड (सिरहा) तर्फ बलान नदीदेखि कमलासम्म ४७ किलोमिटर सडके साढे ६२ प्रतिशत निर्माण प्रगति पूरा भएको र पूर्व खण्ड कञ्चनपुरदेखि कुशहवा (सप्तरी)तर्फ ३९ किलोमिटर सडकमध्ये ५७ प्रतिशत निर्माण प्रगति पूरा भएको जनाएको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।
सन् २०२० अक्टोबर २९ देखि तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने गरी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलोपटक म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको थियो । तर, थपिएको समयमा पनि निर्माणसम्पन्न नभएपछि अन्तिम पटकलाई भन्दै पुनः २०२५ डिसेम्बर ३१ सम्म म्याद थप गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का