२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेश: जमात–ए–इस्लामीलाई निर्बाचनमा भाग लिने अनुमति

१९ जेष्ठ २०८२, आईतवार १३:४१

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुनस्र्थापित गरिदिएको छ र उसलाई चुनावमा भाग लिन अनुमति दिएको छ ।

सर्वोच्च अदालतले जमात–ए–इस्लामीको दर्ता रद्द गर्ने निर्णयलाई उल्ट्याउँदै यसलाई निर्वाचन आयोगमा औपचारिक रूपमा राजनीतिक दलको रूपमा सूचीबद्ध गर्न अनुमति दिएको हो ।

आयोगका वकिल तोहिदुल इस्लामले एएफपीसँग भन्नुभयो, “निर्वाचन आयोगलाई कानुनअनुसार उक्त दल दर्ता गर्न निर्देशन दिइएको छ।”

जमात–ए–इस्लामी पार्टीका वकिल शिशिर मोनिरले सर्वोच्च अदालतको फैसलाले १७ करोड जनसङ्ख्या भएको मुस्लिम बहुल देशमा ‘लोकतान्त्रिक, समावेशी र बहुदलीय प्रणाली’लाई अनुमति दिएको बताउनुभएको छ ।

“हामी आशा गर्छौँ कि बङ्गलादेशीहरूले आफ्नो जातीयता वा धार्मिक पहिचानको परवाह नगरी जमातलाई मतदान गर्नेछन् र संसद रचनात्मक बहसको साथ जीवन्त हुनेछ,” मोनिरले पत्रकारहरूसँग भन्नुभयो ।

गत अगष्टमा शेख हसिनालाई प्रधानमन्त्रीपदबाट हटाएपछि उक्त पार्टीले सन् २०१३ मा उच्च अदालतको आदेश पुनरावलोकनका लागि अपिल गरेको थियो ।

सर्वोच्च अदालतले गत मे २७ मा जमात–ए–इस्लामीका प्रमुख नेता एटीएम अजहरुल इस्लामविरुद्धको सजाय उल्ट्याएपछि आइतबारको फैसला आएको हो ।

सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका क्रममा बलात्कार, हत्या र नरसंहार गरेको आरोपमा इस्लामलाई सन् २०१४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

युद्धको समयमा इस्लामाबादलाई समर्थन गरेको जमात–ए–इस्लामीको भूमिकाले आज पनि धेरै बङ्गलादेशीहरूमा उक्त समूहप्रति आक्रोश रहने गरेको छ ।

उनीहरू बङ्गलादेशका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री हसिनाका पिता शेख मुजिबुर रहमानका प्रतिद्वन्द्वी थिए ।

हसिनाले आफ्नो कार्यकालमा जमात–ए–इस्लामीमाथि प्रतिबन्ध लगाउनुभएको थियो र यसका नेताहरूविरूद्ध कारबाही गर्नुभएको थियो ।

गत मे महिनामा बङ्गलादेशको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो ।

गत बर्ष अवामी लिगलाई पदच्युत गरेको विद्यार्थी आन्दोलनमा व्यापक बल प्रयोग गरेको र सर्वसाधारण र विपक्षी दल नेता तथा कार्यकताको आवाजलाई दवाउन खोजेको र पदच्युत भएपछि पनि देशमा हिंसा भड्काउने गतिविधिमा संलग्न भएको अभियोगमा आवामी लिगलाई यही बर्षको मेमा प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव