२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग

२०८२, २० जेष्ठ सोमबार १५:१७

इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर जारी वार्तामा प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चतता गर्न अमेरिकासँग आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अमेरिकासँगबाट यो सुनिश्चत हुन चाहन्छौँ कि आणविक प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाइने छ ।”

“अहिलेसम्म अमेरिकी पक्षले यस विषयमा स्पष्ट पार्न चाहेको छैन,” उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा इरानले युरेनियमको उत्पादन ६० प्रतिशतसम्म बढाएको देखाएको एक दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

आणविक वार्तामा सहभागी अमेरिकी राजदूतले गत महिना ट्रम्पको प्रशासनले कुनै पनि संवद्र्धनको विरोध गर्ने बताउनुभएको थियो । ्

स्टीव विटकोफले ब्रेइटबार्ट न्यूजसँग भन्नुभयो, “इरानमा फेरि कहिल्यै पनि संवद्र्धन कार्यक्रम अस्तित्वमा नआउने सुनिश्चितता हुनुपर्ने हाम्रो अन्तिम शर्त हो । इरानमा कुनै संवर्धन हुनेछैन ।”

इरानले आफ्नो आणविक कार्यक्रमबारे ‘सम्झौतासहित वा बिना सम्झौता’ युरेनियम संवद्र्धन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

“संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ जसलाई ह्वाइट हाउसले इरानको ‘सर्वोत्तम हितमा’ रहेको प्रस्ताव भन्दै स्वीकार गर्न भनेको छ,” अमेरिकी सञ्चार माध्यमहरूले शनिबार रिपोर्ट गरेका छन्।

न्यूयोर्क टाइम्सले अमेरिकी कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “यो प्रस्तावले इरानलाई सबै प्रकारका संवद्र्धन रोक्न आह्वान गरेको छ र आणविक शक्ति उत्पादनका लागि क्षेत्रीय समूह गठन गर्न सुझाव दिएको छ।”

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१८ मा अमेरिका बाहिरिएको प्रमुख शक्ति राष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार