२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग

२० जेष्ठ २०८२, सोमबार १५:१७

इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर जारी वार्तामा प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चतता गर्न अमेरिकासँग आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अमेरिकासँगबाट यो सुनिश्चत हुन चाहन्छौँ कि आणविक प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाइने छ ।”

“अहिलेसम्म अमेरिकी पक्षले यस विषयमा स्पष्ट पार्न चाहेको छैन,” उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा इरानले युरेनियमको उत्पादन ६० प्रतिशतसम्म बढाएको देखाएको एक दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

आणविक वार्तामा सहभागी अमेरिकी राजदूतले गत महिना ट्रम्पको प्रशासनले कुनै पनि संवद्र्धनको विरोध गर्ने बताउनुभएको थियो । ्

स्टीव विटकोफले ब्रेइटबार्ट न्यूजसँग भन्नुभयो, “इरानमा फेरि कहिल्यै पनि संवद्र्धन कार्यक्रम अस्तित्वमा नआउने सुनिश्चितता हुनुपर्ने हाम्रो अन्तिम शर्त हो । इरानमा कुनै संवर्धन हुनेछैन ।”

इरानले आफ्नो आणविक कार्यक्रमबारे ‘सम्झौतासहित वा बिना सम्झौता’ युरेनियम संवद्र्धन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

“संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ जसलाई ह्वाइट हाउसले इरानको ‘सर्वोत्तम हितमा’ रहेको प्रस्ताव भन्दै स्वीकार गर्न भनेको छ,” अमेरिकी सञ्चार माध्यमहरूले शनिबार रिपोर्ट गरेका छन्।

न्यूयोर्क टाइम्सले अमेरिकी कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “यो प्रस्तावले इरानलाई सबै प्रकारका संवद्र्धन रोक्न आह्वान गरेको छ र आणविक शक्ति उत्पादनका लागि क्षेत्रीय समूह गठन गर्न सुझाव दिएको छ।”

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१८ मा अमेरिका बाहिरिएको प्रमुख शक्ति राष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव