२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप: खर्च घट्दै, व्यापार सुस्ताउँदै

२० जेष्ठ २०८२, सोमबार १८:०४

अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ।

सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २ अर्ब २० करोड अष्ट्रेलियाली डलर (करिब एक अर्ब ४० करोड अमेरिकी डलर) बराबरको असर पारेको छ।

पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा धेरै ठूलो बाढी आएको थियो। मार्च महिनामा आएको चक्रवात ‘अल्फ्रेड’ पछिल्ला ५० वर्षमा पहिलो पटक दक्षिणपूर्वी क्विन्सल्यान्डमा पुगेको थियो।

देशका अन्य भागहरूमा पनि कडा हावाहुरी, चक्रवात र डढेलोका घटनाहरू भएका थिए।

कोषालयले जनाएअनुसार, क्विन्सल्यान्डमा फेब्रुअरी
महिनामा खुद्रा व्यापार ०.३ प्रतिशतले र मार्च महिनामा ०.४ प्रतिशतले घटेको थियो।

अष्ट्रेलियाली तथ्याङ्क कार्यालयका अनुसार, नयाँ वर्षको पहिलो तीन महिनामा देशभर मानिसहरूले गर्ने खर्च खासै परिवर्तन भएको थिएन, तर क्विन्सल्यान्डमा भने ०.२ प्रतिशतले घटेको थियो।

सरकारले महँगी, बेरोजगारी र राष्ट्रिय ऋण घटाउने प्रयासमा भएको सफलताका कारण अहिले विपद्‌बाट पीडित समुदायलाई सहयोग गर्न सक्षम रहेकाे जनाएको छ।

सरकारले पीडित जनताको पीडा सबैभन्दा ठूलो कुरा भएको जनाउँदै आर्थिक असर पनि महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव