२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँको डिल्लीबजार कारागारमा सरुवा गर्न रवि लामिछनेको माग

२१ जेष्ठ २०८२, मंगलवार १५:५६

काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन्। जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार प्रशासनलाई लेखि पठाएको थियो।

लामिछानेले काठमाडौँको डिल्लीबजार कारागार सरुवा माग गरेका छन्। त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ। तर कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए।

उनका अनुसार विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने छ। सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए।

तर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए। तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमार्डौँ सरुवा हुन चाहेका हुन्। परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौँकै कारागार आउन चाहेको जनाएका छन्। काठमाडौँ र ललितपुरमा तीन वटा कारागार छन्। त्यसमध्ये कम कैदीबन्दी रहेको डिल्लीबजारमा भीआईपी कैदीहरू बढि रहने गरेका छन्। लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन्।

अब उनले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनामा बस्नैपर्छ। कारागार बसाई लम्बिने भएपछि उनले सरुवा माग गरेका हुन्। रुपन्देही बाहेकका अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का