२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

२२ जेष्ठ २०८२, बुधबार १२:११
विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष नआएमा थप रोजगारी जोखिममा रहेको बताएको छ ।
उत्पीडित र प्रायः मुस्लिम रोहिङ्ग्याहरूका करिब १० लाख सदस्य बङ्गलादेशको अस्वच्छ राहत शिविरहरूमा बस्छन् । तीमध्ये अधिकांश छिमेकी म्यान्मामा सन् २०१७ को सैन्य दमनबाट भागेर आएका हुन् ।
अमेरिकामा नाटकीय रूपमा कोष कटौती भएपछि शिक्षकहरूलाई बर्खास्त गरिएको हो ।
“विश्वव्यापी सहायता कोष सङ्कटका कारण युनिसेफले रोहिङ्ग्या शरणार्थी बालबालिकाका लागि प्रारम्भिक शिक्षा सेवाहरूलाई प्रभाव पार्ने कठिन निर्णयहरू लिनुपरेको छ”, एजेन्सीले मङ्गलबार राति एक वक्तव्यमा भन्यो ।
युनिसेफले बालबाटिका र प्राथमिक विद्यालयमा काम गर्ने एक हजार एक सय ७९ जनाको सम्झौता समाप्त भएको बताएको छ ।
बङ्गलादेशी वरिष्ठ सरकारी सहायता अधिकारी मोहम्मद शम्सुद दौजाका अनुसार कटौती हुनुअघि शिविरहरूमा अनुमानित चार हजार शिक्षक थिए ।
मुस्लिम पर्व इदका लागि विद्यालयहरू बन्द छन् तर जुनको अन्त्यमा सत्र सुरु हुने बेलासम्म नयाँ कोष प्राप्त भएन भने थप शिक्षकहरूले आफ्नो जागिर गुमाउन सक्छन् ।
“बाँकी कामदारहरूको फिर्ती… नयाँ कोष सुरक्षित हुनुमा निर्भर गर्दछ”, युनिसेफले भनेको छ, “भविष्यमा बढेको सहयोगले हरेक बच्चाले पाउनुपर्ने कुरा पुनःस्थापना गर्नेछ भन्नेमा हामी प्रतिबद्ध र आशावादी छौँ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा पदमा फर्किंदै अधिकांश विदेशी सहायता कोष स्थगित गर्नुभएपछि विश्वभरका मानवीय संस्थाहरू हलचलमा परेका छन् ।
संयुक्त राज्य अमेरिका परम्परागत रूपमा धेरै एजेन्सीहरूका लागि सबैभन्दा ठूलो दाता भएको छ, जसले अचानक बजेट अन्तरहरू भर्न हतारमा काम गरिरहेका छन् ।
“हामी रोहिङ्ग्या शरणार्थी बालबालिकाहरूले सामना गर्ने तत्काल आवश्यकताहरूबारे गहिरो रूपमा सचेत छौँ, जसमध्ये धेरैले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षामा महत्त्वपूर्ण आघात र अवरोधहरू झेलिसकेका छन्”, युनिसेफले भनेको छ, “हाम्रो लक्ष्य भनेको उनीहरूसँग आवश्यक सीपहरू छन् भनेर सुनिश्चित गर्नु हो, उनीहरूसँग आधारभूत योग्यता छ जसले उनीहरूलाई फर्कने समय सुरक्षित हुँदा उनीहरूको समुदायमा योगदान गर्ने विश्वास दिन्छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव