२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध बिस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

२६ जेष्ठ २०८२, आईतवार १२:२४

अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताउनुभएको छ ।

अस्ट्रेलिया अमेरिकाको नजिकको सहयोगी देश हो तर ट्रम्पको विश्वव्यापी करको हिस्साको रूपमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशत सम्म कर लगाइएको छ।

“म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भन्नुभयो ।

गत हप्ता पेरिसमा विश्व व्यापार सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) र अन्य देशहरूसँगको वार्तापछि उहाँले अस्ट्रेलिया ‘संरक्षणवाद’ रोक्न र स्वतन्त्र र निष्पक्ष व्यापारलाई प्रोत्साहित गर्न केन्द्रित रहेको बताउनुभएको थियो ।

फेरेलले भन्नुभयो, “अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबीचको व्यापार वार्षिक अनुमानित १०० अर्ब अष्ट्रेलियाली डलर (झण्डै ६५ अर्ब अमेरिकी डलर) बराबरको छ । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकालाई बेचेको सामानभन्दा बढी किनेको छ ।”

उहाँले गत साता आफ्ना अमेरिकी समकक्षी जेमिसन ग्रीरसँग अस्ट्रेलियाबाट हुने निर्यातका सामानमा लगाइएको शुल्कको विरोध गरेको बताउनुभएको थियो ।

“मैले जेमिसन ग्रीरलाई राखेको अडान के हो भने अमेरिकाले अस्ट्रेलियामाथि लगाएको कर अनुचित छ,” फेरेलले भन्नुभयो ।

“हामी ती मध्ये केही मात्र होइन सबै करहरू हटाउन चाहन्छौं,” उहाँले थप्नुभयो ।

युरोपेली सङ्घ (ईयू) ले गत महिना युक्रेन युद्ध र अन्य विश्वव्यापी सङ्कटका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया सिर्जना गर्न अस्ट्रेलियासँग रक्षा साझेदारीको प्रयास गरिरहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव