२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानले आफ्नो आणविक प्रस्ताव छिट्टै अमेरिकालाई बुझाउने

२०८२, २७ जेष्ठ सोमबार १५:५०

काठमाडौँ । वासिङ्टनको प्रस्तावमा ‘अस्पष्टता’ रहेको भन्दै इरानले संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौताका लागि छिट्टै प्रतिप्रस्ताव पेश गर्ने बताएको छ ।

सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यागेको प्रमुख शक्तिराष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ आणविक सम्झौता गर्न तेहरान र वासिङ्टनबीच गत अप्रिलदेखि पाँच चरणको वार्ता भइसकेको छ ।

इरानको युरेनियम संवद्र्धनलाई लिएर लामो समयदेखि इरानका आलोचकहरू कुटनीतिक गतिरोधमा फसेका छन्, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई निर्विकल्प शर्तको रूपमा वर्णन गरेको छ।

मे ३१ मा पाँचौं चरणको वार्तापछि इरानले अमेरिकी प्रस्तावका ‘तत्वहरू’ प्राप्त भएको बताएको थियो भने विदेशमन्त्री अब्बास अराघचीले पछि उक्त प्रस्तावमा ‘अस्पष्टता’ रहेको बताउनुभएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिकी प्रस्तावमा अघिल्लो चरणको वार्तालाई प्रतिबिम्बित गर्ने तत्वको अभाव भएको भन्दै आलोचना गरेका छन् ।

“हामी आफ्नो प्रस्तावित योजना ओमानमार्फत अर्को पक्षलाई चाँडै नै प्रस्तुत गर्नेछौं,” बकाईले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“यो एक प्रस्ताव तर्कसङ्गत, तार्किक र सन्तुलित छ, र हामी अमेरिकी पक्षलाई यस अवसरको कदर गर्न जोडदार सिफारिस गर्दछौं।

अमेरिकी प्रस्तावमा प्रतिबन्ध हटाउने विषय समावेश नगरिएको त्यसैले इरानले छुट्टै प्रस्ताव पेश गर्नुपरेको इरानी सभामुखले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह