२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानले आफ्नो आणविक प्रस्ताव छिट्टै अमेरिकालाई बुझाउने

२७ जेष्ठ २०८२, सोमबार १५:५०

काठमाडौँ । वासिङ्टनको प्रस्तावमा ‘अस्पष्टता’ रहेको भन्दै इरानले संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौताका लागि छिट्टै प्रतिप्रस्ताव पेश गर्ने बताएको छ ।

सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यागेको प्रमुख शक्तिराष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ आणविक सम्झौता गर्न तेहरान र वासिङ्टनबीच गत अप्रिलदेखि पाँच चरणको वार्ता भइसकेको छ ।

इरानको युरेनियम संवद्र्धनलाई लिएर लामो समयदेखि इरानका आलोचकहरू कुटनीतिक गतिरोधमा फसेका छन्, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई निर्विकल्प शर्तको रूपमा वर्णन गरेको छ।

मे ३१ मा पाँचौं चरणको वार्तापछि इरानले अमेरिकी प्रस्तावका ‘तत्वहरू’ प्राप्त भएको बताएको थियो भने विदेशमन्त्री अब्बास अराघचीले पछि उक्त प्रस्तावमा ‘अस्पष्टता’ रहेको बताउनुभएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिकी प्रस्तावमा अघिल्लो चरणको वार्तालाई प्रतिबिम्बित गर्ने तत्वको अभाव भएको भन्दै आलोचना गरेका छन् ।

“हामी आफ्नो प्रस्तावित योजना ओमानमार्फत अर्को पक्षलाई चाँडै नै प्रस्तुत गर्नेछौं,” बकाईले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“यो एक प्रस्ताव तर्कसङ्गत, तार्किक र सन्तुलित छ, र हामी अमेरिकी पक्षलाई यस अवसरको कदर गर्न जोडदार सिफारिस गर्दछौं।

अमेरिकी प्रस्तावमा प्रतिबन्ध हटाउने विषय समावेश नगरिएको त्यसैले इरानले छुट्टै प्रस्ताव पेश गर्नुपरेको इरानी सभामुखले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव