२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लस एन्जल्स क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा,गाडीहरूमा समेत आगजनी

२७ जेष्ठ २०८२, सोमबार १६:२२

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरमा प्रहरीले प्रदर्शनकारीविरुद्ध फ्ल्यास–ब्याङ र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारीलाई पक्राउ गर्दा मुठभेड र धकेलाधकेल घटना पनि भएको छ ।

प्रदर्शनकारीले कम्तीमा दुईवटा स्वचालित गाडीहरूमा आगजनी गरेका छन् भने सरकारले सम्पूर्ण डाउनटाउन लस एन्जल्स क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारी र सम्पत्तिको सुरक्षाका लागि राष्ट्रिय गार्ड बोलाएपछि करिब ३०० जना राष्ट्रिय गार्ड सदस्य मैदानमा उत्रिएका छन् । दशकौँदेखि पहिलोपटक कुनै राष्ट्रपतिले राज्यको अनुरोधबिना नै राष्ट्रिय गार्ड बोलाएका छन् । अहिले ५०० जना जलसैनिक पनि तैनाथका लागि तयारी अवस्थामा रहेको सीएनएनले जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले ट्रम्प प्रशासनविरुद्ध राष्ट्रिय गार्ड तैनाथीको विरोधमा राज्यले मुद्दा दायर गर्ने बताएका छन् । उनी र लस एन्जल्सका मेयर क्यारेन बासले यो तैनाथीले घटनालाई उत्तेजक बनाएको बताएका छन् ।

अधिकारीहरूले दर्जनौँ आप्रवासी व्यक्तिहरूलाई पक्राउपछि प्रशासन र प्रदर्शनकारीबीच चार दिनदेखि झडप भइरहेको छ । गुप्तचर विश्लेषकहरूका अनुसार अध्यागमन छापामारी, राष्ट्रिय गार्ड तैनाथीलगायत कारणले प्रदर्शनकारीलाई उत्तेजित पारेको विश्वास गरिएको छ ।

यसैबीच, क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा प्रहरीले ६० जनालाई पक्राउ गरेको छ । सन फ्रान्सिस्को अध्यागमन सेवा भवनबाहिर हिंसात्मक प्रदर्शन हुँदा आइतबार ६० जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताए ।

क्यालिफोर्निया र सम्पूर्ण संयुक्त राज्यभर कानुन कार्यान्वयन एजेन्सी (आईसीई)को छापामारी र निर्वासनको विरोधमा सयकडौँ प्रदर्शनकारी आईसीई कार्यालयबाहिर जम्मा भएका थिए ।

शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनपछि दंगा नियन्त्रण उपकरण लगाएका सन फ्रान्सिस्को प्रहरीसँग प्रदर्शनकारीको तनावपूर्ण अवस्थापछि मुठभेडमा परिणत भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव