२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लस एन्जल्स क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा,गाडीहरूमा समेत आगजनी

२०८२, २७ जेष्ठ सोमबार १६:२२

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरमा प्रहरीले प्रदर्शनकारीविरुद्ध फ्ल्यास–ब्याङ र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारीलाई पक्राउ गर्दा मुठभेड र धकेलाधकेल घटना पनि भएको छ ।

प्रदर्शनकारीले कम्तीमा दुईवटा स्वचालित गाडीहरूमा आगजनी गरेका छन् भने सरकारले सम्पूर्ण डाउनटाउन लस एन्जल्स क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारी र सम्पत्तिको सुरक्षाका लागि राष्ट्रिय गार्ड बोलाएपछि करिब ३०० जना राष्ट्रिय गार्ड सदस्य मैदानमा उत्रिएका छन् । दशकौँदेखि पहिलोपटक कुनै राष्ट्रपतिले राज्यको अनुरोधबिना नै राष्ट्रिय गार्ड बोलाएका छन् । अहिले ५०० जना जलसैनिक पनि तैनाथका लागि तयारी अवस्थामा रहेको सीएनएनले जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले ट्रम्प प्रशासनविरुद्ध राष्ट्रिय गार्ड तैनाथीको विरोधमा राज्यले मुद्दा दायर गर्ने बताएका छन् । उनी र लस एन्जल्सका मेयर क्यारेन बासले यो तैनाथीले घटनालाई उत्तेजक बनाएको बताएका छन् ।

अधिकारीहरूले दर्जनौँ आप्रवासी व्यक्तिहरूलाई पक्राउपछि प्रशासन र प्रदर्शनकारीबीच चार दिनदेखि झडप भइरहेको छ । गुप्तचर विश्लेषकहरूका अनुसार अध्यागमन छापामारी, राष्ट्रिय गार्ड तैनाथीलगायत कारणले प्रदर्शनकारीलाई उत्तेजित पारेको विश्वास गरिएको छ ।

यसैबीच, क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा प्रहरीले ६० जनालाई पक्राउ गरेको छ । सन फ्रान्सिस्को अध्यागमन सेवा भवनबाहिर हिंसात्मक प्रदर्शन हुँदा आइतबार ६० जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताए ।

क्यालिफोर्निया र सम्पूर्ण संयुक्त राज्यभर कानुन कार्यान्वयन एजेन्सी (आईसीई)को छापामारी र निर्वासनको विरोधमा सयकडौँ प्रदर्शनकारी आईसीई कार्यालयबाहिर जम्मा भएका थिए ।

शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनपछि दंगा नियन्त्रण उपकरण लगाएका सन फ्रान्सिस्को प्रहरीसँग प्रदर्शनकारीको तनावपूर्ण अवस्थापछि मुठभेडमा परिणत भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह