२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

दरभङ्गा महाराजको नासो लथालिङ्ग बन्दै

२८ जेष्ठ २०८२, मंगलवार १३:५५
काठमाडौँ । छिमेकी भारतको पुरानो दरभङ्गा राज्यका महाराज रामेश्वर सिंहको नासो महोत्तरीको गौशालास्थित निगौल गाई गौशाला अहिले लथालिङ्ग बनेको छ । साधन स्रोत भएर पनि त्यसको कुशल व्यवस्थापन नहुँदा एक समयको साख मानिने गाई गौशालाको अवस्था अहिले नाजुक बनेको हो ।
विसं १९८३ तिर तत्कालीन दरभङ्गा महाराज रामेश्वर सिंहले २०० बिघा जग्गा र एक हजार ५०० लैना गाईको व्यवस्थापन गरेर नेपाल सरकारलाई जिम्मा लगाएका निगौल गाई गौशाला अहिले भद्रगोल बनेको छ । दरभङ्गा महाराजले आफ्ना प्रतिनिधि ब्रह्मदेव ठाकुरमार्फत गौशाला सञ्चालनको प्रबन्ध नेपाल सरकारलाई सुम्पेका थिए । त्यसयताका १०० वर्षमा यसको विकासको सट्टा अधोगति हुँदै जाँदा अब निगौल गाई गौशाला अस्तित्व धान्न नसक्ने अवस्थामा पुगेको छ ।
जग्गा, बजार, गोठ एवं पक्की कार्यालय भवनसहितका साधन स्रोत भए पनि यी गौशालाको हितमा प्रयोग नभएपछि संस्थाको अवस्था खस्कँदै गएको गौशाला–९ डुमरवानाका ६५ वर्षीय शिवशरण राय बताउनुहुन्छ ।
कहिलेकाहीँ सरकारका मन्त्री, विभिन्न निकायका प्रमुख र जनप्रतिनिधि पुगेर अब यो फेरिन्छ भन्ने गरेका कुरा अब यहाँका बासिन्दाका लागि पत्यारिलो हुन छाडेको छ । पछिल्लो पटक गत माघ मसान्तताका अहिलेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरेर यसको दीर्घकालिक समाधानका लागि पहलकदमी लिइने बताउनुभएको यहाँका बासिन्दा सम्झन्छन् ।
स्थापनाकालदेखि नै तत्कालीन सरकारले यसको रेखदेख र व्यवस्थापन त्यतिखेरका बडाहाकिमलाई तोकेको थियो । पछि अञ्चलाधीश र २०४७ यता जिल्ला प्रशासन कार्यालयको जिम्मेवारीमा रहने व्यवस्था २०६८ सम्म रह्यो । त्यसयता राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्था अब  राष्ट्रिय सहकारी नियमन प्राधिकरणअन्तर्गत रहने प्रस्ताव छ । खासमा  जिल्लामा सरकारका मुख्य प्रतिनिधिका हैसियतमा प्रमुख जिल्ला अधिकारी गाई गौशाला सञ्चालक बोर्डको अध्यक्ष रहने प्रावधान हटेपछि स्थानीय रुपमा अभिभावकत्व गर्ने कोही नहुँदा यहाँको मनपरी झन् बढेको गौशालाका स्थानीय बताउँछन् ।
गौशाला र निगौलमा गरी छवटा गोठमा भरिभराउ रहने गाई अहिले तीनवटा गोठमा खुम्चिएका छन् । २०६८ सालसम्म यहाँ गाईको सङ्ख्या झन्डै ५०० को हाराहारीमा रहेकामा अहिले यो सङ्ख्या १०० मुनि खुम्चेको छ । “गाईले राम्ररी खान पाएका छैनन्,” गौशाला नगरप्रमुख डा दीपेन्द्र महतो भन्नुहुन्छ, “सङ्घीय सरकारले यसको निदानमा पहिलो तत्परता देखाउन पर्छ ।” निगौल गाई गौशालासँग भएको जग्गाको वैधानिक स्वामित्व, गोठ र भवनहरुसहितका संरचना व्यवस्थित गर्नसके यो ठाउँ धार्मिक पर्यटन र आर्थिक उपार्जनका लागि उर्वर बन्न सक्ने आपूmसँग कार्ययोजना रहेको डा महतोको भनाइ छ ।
नगरप्रमुख महतोले स्वामित्वसहितको जिम्मेवारी दिन अड्चन भए व्यवस्थापनको जिम्मा मात्र दिए पनि नगरपालिकाले यसको सम्भार गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । निगौल गाई गौशाला सञ्चालनका लागि अहिले पनि स्रेस्तामा १४८ बिघा जग्गा छ । गौशाला दरभङ्गा महाराजबाट उपहारमा प्राप्त नासो भएकाले यसको अतिक्रमित जग्गा स्वामित्वमा फर्काउन सङ्कल्पसहितको योजना चाहिने गौशाला–२ निगौलकै बासिन्दा रहनुभएका महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी बताउनुहुन्छ ।
यता गौशालाका सर्वसाधारण गाई गौशालाको पूर्वस्थिति फर्काउन तीनै तहका सरकारको समन्वयात्मक पहलकदमी हुनपर्नेमा उहाँको जोड छ ।
गौशालामा अहिले पनि राष्ट्रिय सहकारी बोर्डले पठाएका ज्यालादारीसहित ३० जना कर्मचारी छन् । आफू २०७९ साउनमा जिम्मेवारीमा आउँदा ७० लाखभन्दा माथि रहेको कार्यालयले तिर्नुपर्ने बक्यौता खेतीपातीबाटै भएको आम्दानीबाट तिरेर २४ लाखमा झारेको अहिलेका कार्यालय प्रमुख वीरबहादुर चौधरी भन्नुहुन्छ, “तर आर्थिक अवस्था भने फेरिएको छैन ।”
यता गौशालाले पाउनुपर्ने रकम नआएको उहाँको गुनासो छ । गौशालाले पोखरी ठेक्का र बाली ठेक्काबाट ७९ लाख करिब पाउनुपर्ने रकम ठेकदारबाट नपाउँदा आर्थिक समस्या झेल्नु परेको चौधरीले बताउनुभयो ।
गाई गौशालाको नाउँमा १४८ बिघा जग्गामध्ये राजनीतिक क्षेत्रबाट संरक्षित व्यक्तिहरुबाट झन्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको जनाइएको छ । यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन् । जग्गामध्येमा १० बिघामा गाई गोठ, नौ\नौ बिघामा पोखरी र पूmलबारी र करिब ५६/५७ बिघाजति खेतीयोग्य जग्गा छ । गाई गौशालाको जग्गामध्ये तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता