२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

दरभङ्गा महाराजको नासो लथालिङ्ग बन्दै

२०८२, २८ जेष्ठ मंगलवार १३:५५
काठमाडौँ । छिमेकी भारतको पुरानो दरभङ्गा राज्यका महाराज रामेश्वर सिंहको नासो महोत्तरीको गौशालास्थित निगौल गाई गौशाला अहिले लथालिङ्ग बनेको छ । साधन स्रोत भएर पनि त्यसको कुशल व्यवस्थापन नहुँदा एक समयको साख मानिने गाई गौशालाको अवस्था अहिले नाजुक बनेको हो ।
विसं १९८३ तिर तत्कालीन दरभङ्गा महाराज रामेश्वर सिंहले २०० बिघा जग्गा र एक हजार ५०० लैना गाईको व्यवस्थापन गरेर नेपाल सरकारलाई जिम्मा लगाएका निगौल गाई गौशाला अहिले भद्रगोल बनेको छ । दरभङ्गा महाराजले आफ्ना प्रतिनिधि ब्रह्मदेव ठाकुरमार्फत गौशाला सञ्चालनको प्रबन्ध नेपाल सरकारलाई सुम्पेका थिए । त्यसयताका १०० वर्षमा यसको विकासको सट्टा अधोगति हुँदै जाँदा अब निगौल गाई गौशाला अस्तित्व धान्न नसक्ने अवस्थामा पुगेको छ ।
जग्गा, बजार, गोठ एवं पक्की कार्यालय भवनसहितका साधन स्रोत भए पनि यी गौशालाको हितमा प्रयोग नभएपछि संस्थाको अवस्था खस्कँदै गएको गौशाला–९ डुमरवानाका ६५ वर्षीय शिवशरण राय बताउनुहुन्छ ।
कहिलेकाहीँ सरकारका मन्त्री, विभिन्न निकायका प्रमुख र जनप्रतिनिधि पुगेर अब यो फेरिन्छ भन्ने गरेका कुरा अब यहाँका बासिन्दाका लागि पत्यारिलो हुन छाडेको छ । पछिल्लो पटक गत माघ मसान्तताका अहिलेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरेर यसको दीर्घकालिक समाधानका लागि पहलकदमी लिइने बताउनुभएको यहाँका बासिन्दा सम्झन्छन् ।
स्थापनाकालदेखि नै तत्कालीन सरकारले यसको रेखदेख र व्यवस्थापन त्यतिखेरका बडाहाकिमलाई तोकेको थियो । पछि अञ्चलाधीश र २०४७ यता जिल्ला प्रशासन कार्यालयको जिम्मेवारीमा रहने व्यवस्था २०६८ सम्म रह्यो । त्यसयता राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्था अब  राष्ट्रिय सहकारी नियमन प्राधिकरणअन्तर्गत रहने प्रस्ताव छ । खासमा  जिल्लामा सरकारका मुख्य प्रतिनिधिका हैसियतमा प्रमुख जिल्ला अधिकारी गाई गौशाला सञ्चालक बोर्डको अध्यक्ष रहने प्रावधान हटेपछि स्थानीय रुपमा अभिभावकत्व गर्ने कोही नहुँदा यहाँको मनपरी झन् बढेको गौशालाका स्थानीय बताउँछन् ।
गौशाला र निगौलमा गरी छवटा गोठमा भरिभराउ रहने गाई अहिले तीनवटा गोठमा खुम्चिएका छन् । २०६८ सालसम्म यहाँ गाईको सङ्ख्या झन्डै ५०० को हाराहारीमा रहेकामा अहिले यो सङ्ख्या १०० मुनि खुम्चेको छ । “गाईले राम्ररी खान पाएका छैनन्,” गौशाला नगरप्रमुख डा दीपेन्द्र महतो भन्नुहुन्छ, “सङ्घीय सरकारले यसको निदानमा पहिलो तत्परता देखाउन पर्छ ।” निगौल गाई गौशालासँग भएको जग्गाको वैधानिक स्वामित्व, गोठ र भवनहरुसहितका संरचना व्यवस्थित गर्नसके यो ठाउँ धार्मिक पर्यटन र आर्थिक उपार्जनका लागि उर्वर बन्न सक्ने आपूmसँग कार्ययोजना रहेको डा महतोको भनाइ छ ।
नगरप्रमुख महतोले स्वामित्वसहितको जिम्मेवारी दिन अड्चन भए व्यवस्थापनको जिम्मा मात्र दिए पनि नगरपालिकाले यसको सम्भार गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । निगौल गाई गौशाला सञ्चालनका लागि अहिले पनि स्रेस्तामा १४८ बिघा जग्गा छ । गौशाला दरभङ्गा महाराजबाट उपहारमा प्राप्त नासो भएकाले यसको अतिक्रमित जग्गा स्वामित्वमा फर्काउन सङ्कल्पसहितको योजना चाहिने गौशाला–२ निगौलकै बासिन्दा रहनुभएका महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी बताउनुहुन्छ ।
यता गौशालाका सर्वसाधारण गाई गौशालाको पूर्वस्थिति फर्काउन तीनै तहका सरकारको समन्वयात्मक पहलकदमी हुनपर्नेमा उहाँको जोड छ ।
गौशालामा अहिले पनि राष्ट्रिय सहकारी बोर्डले पठाएका ज्यालादारीसहित ३० जना कर्मचारी छन् । आफू २०७९ साउनमा जिम्मेवारीमा आउँदा ७० लाखभन्दा माथि रहेको कार्यालयले तिर्नुपर्ने बक्यौता खेतीपातीबाटै भएको आम्दानीबाट तिरेर २४ लाखमा झारेको अहिलेका कार्यालय प्रमुख वीरबहादुर चौधरी भन्नुहुन्छ, “तर आर्थिक अवस्था भने फेरिएको छैन ।”
यता गौशालाले पाउनुपर्ने रकम नआएको उहाँको गुनासो छ । गौशालाले पोखरी ठेक्का र बाली ठेक्काबाट ७९ लाख करिब पाउनुपर्ने रकम ठेकदारबाट नपाउँदा आर्थिक समस्या झेल्नु परेको चौधरीले बताउनुभयो ।
गाई गौशालाको नाउँमा १४८ बिघा जग्गामध्ये राजनीतिक क्षेत्रबाट संरक्षित व्यक्तिहरुबाट झन्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको जनाइएको छ । यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन् । जग्गामध्येमा १० बिघामा गाई गोठ, नौ\नौ बिघामा पोखरी र पूmलबारी र करिब ५६/५७ बिघाजति खेतीयोग्य जग्गा छ । गाई गौशालाको जग्गामध्ये तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ