३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

२९ जेष्ठ २०८२, बुधबार १२:५७

इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी आन्दोलनका क्रममा सात जनाको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा मृत्युदण्ड दिएको जानकारी न्याय निकायमार्फत सार्वजनिक गरिएको छ । मृतकहरूमा एक १० वर्षे बालक पनि रहेका थिए ।

अब्बास कुर्कुरी नाम गरेका व्यक्तिलाई इजेह सहरमा भएको गोलीकाण्डमा संलग्न भएको ठहर गर्दै न्यायिक प्रक्रियाबाट मृत्युदण्डको सजाय दिइएको हो । सो आन्दोलन महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो । अमिनी एक इरानी कुर्द युवती थिइन्, जसलाई महिला पहिरनसम्बन्धी कडा नियम उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो ।
उक्त मुद्दा दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको राजधानी अहवाजस्थित क्रान्तिकारी अदालतमा विचाराधीन थियो । अदालतले सुनाएको निर्णय सर्वोच्च अदालतबाट सदर भएपछि कुर्कुरीलाई मृत्युदण्ड दिइएको हो, न्यायिक निकायको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

अदालतले उनलाई ‘पृथ्वीमा व्यापक हानी पु¥याउने कार्य’ तथा ‘ईश्वरविरुद्ध संघर्ष गर्ने’ जस्ता गम्भीर आरोपमा दोषी ठहर गरेको बताइएको छ ।
उनीमाथि सर्वसाधारणलाई त्रसित तुल्याउने उद्देश्यले हतियार प्रदर्शन गरेको, सैनिक हतियारको प्रयोग गरी ज्यानमारा कार्यमा संलग्न भएको र विद्रोही समूहको निर्माण तथा सहभागिताको अभियोग लगाइएको थियो ।
इजेहमा भएको उक्त घटनामा सात जनाको ज्यान गएको थियो, जसमा १० वर्षीय बालक कियान पिरफालक पनि थिए । अधिकारीहरूले उक्त घटनालाई ‘आतङ्कजन्य हमला’ भएको बताएका थिए ।

न्यायिक विवरण अनुसार, अदालतमा कुर्कुरीले आफूमाथि लागेको अभियोग स्वीकार गर्दै, आफू सामाजिक सञ्जालको प्रभावमा परेको बताएका थिए ।
मिजान अनलाइनले उनलाई अघिल्ला वर्षहरूमा पनि सार्वजनिक सुरक्षा भङ्ग गर्ने, गोली चलाउने, सशस्त्र आक्रमण, सम्पत्ति क्षति तथा लागूपदार्थ र रक्सीको अवैध कारोबारमा संलग्न रहेको व्यक्तिका रूपमा वर्णन गरेको छ ।
सन् २०२२ मा सुरु भएको आन्दोलनमा सयौं नागरिक र सुरक्षाकर्मीको ज्यान गएको थियो भने हजारौं व्यक्तिहरू पक्राउ परेका थिए । सो अवधिमा पक्राउ परेका केही व्यक्तिहरूमाथि पनि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ ।

कुर्कुरीमाथि दिइएको सजाय कार्यान्वयन भएको भोलिपल्ट, इरानले सन् २०१८ मा इस्लामिक स्टेट नामक समूहको पक्षमा आक्रमणको योजना बनाएको अभियोगमा नौ जनालाई पनि मृत्युदण्ड दिएको थियो ।

मानव अधिकार क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, मृत्युदण्ड कार्यान्वयन गर्ने देशहरूको सूचीमा चीनपछि इरान दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’