३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

२९ जेष्ठ २०८२, बुधबार १३:१८

रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान बिहानै गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि परेका छन् ।

युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको छ । उसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।

खार्किभ सहर, जुन रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा छ, बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ।

रातभर १७ पटक आक्रमण

खार्किभका नगर प्रमुख इगोर तेरेखोभले जानकारी गराउँदै भन्नुभयो, “यस रात दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ ।”
प्रान्तीय प्रमुख ओलेग सिनेगुबोभले तीन जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।

स्थानीय बासिन्दा ओलेना खोरुजेभाले आफ्ना दुई सन्तानसहित झ्यालबाट टाढा भागेर भित्ताको छेउमा लुकिएको बताउनुभयो ।
“सानो छोराले जमिनमा लम्पसार परेर टाउको छोपेको थियो, म उसलाई ढाकेर बसेको थिएँ,“ उहाँ भन्नुभयो ।

शान्ति वार्ता निष्क्रिय

शान्ति वार्ताको प्रयास हाल निष्क्रिय छ । दुई देशबीच भएका दुई चरणका वार्ता सफल हुन सकेनन् । रुसले बिना सर्त युद्ध रोक्ने प्रस्ताव अस्वीकार गर्दै युक्रेनले आफ्नो भूमि छाड्नुपर्ने र सैन्य संगठनमा नजाने प्रतिबद्धता जनाउनुपर्ने सर्त अघि सारेको छ ।

युक्रेनी राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि थप कडा आर्थिक दबाब दिन आह्वान गर्नुभयो । साथै, युक्रेनले रुसका केही क्षेत्रमा प्रतिआक्रमणस्वरूप मानवरहित हवाई साधन प्रयोग गरेको बताइएको छ । यसैबीच, दुबै पक्षले सयौँ बन्दीहरू साटासाट गरेका छन् र मृत सैनिकहरूको शव पनि फिर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’