३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसी आक्रमणपछि सर्बियाका नेताको पहिलो युक्रेन भ्रमण

२९ जेष्ठ २०८२, बुधबार १५:०६

रुससँग बलियो सम्बन्ध राख्ने सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिकले सन् २०२२ मा रुसले आक्रमण गरेपछि पहिलो पटक बुधबार युक्रेनको भ्रमण गर्ने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ ।

रुससँग नजिकको ऐतिहासिक सम्बन्ध भएको यस बाल्कन राष्ट्रले युक्रेनमा मस्कोको तीन वर्षको आक्रमणमा तटस्थताको आधिकारिक नीति कायम राखेको छ र दुवै पक्षलाई हतियार दिएको कुरा अस्वीकार गरेको छ ।

तर हालैका दिनहरूमा रुसले सर्बियाली हतियार कम्पनीहरूमाथि युक्रेनलाई हतियार बेचेर ‘रुसको पिठ्युँमा छुरा प्रहार गर्ने प्रयास’ गरेको आरोप लगाएको छ ।

त्यसको केही हप्ताअघि भुसिक नाजी जर्मनीमाथि रुसको विजयका लागि मस्कोको रेड स्क्वायरमा ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनुभएको थियो ।

“सर्बियाली गणतन्त्रका राष्ट्रपतिले बुधबार जुन ११ का दिन युक्रेनको भ्रमण गर्नुहुनेछ, त्यहाँ उहाँले युक्रेन–दक्षिणपूर्वी युरोप शिखर सम्मेलनमा भाग लिनुहुनेछ”, राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

सर्बिया र युक्रेनले किएभले सर्बियाली हतियार प्रयोग गरेको पुष्टि वा अस्वीकार दुवै गरेका छैनन् ।

तीन वर्षअघि मस्कोले आक्रमण गरेपछि सर्बियाका राष्ट्रप्रमुखको युक्रेनको यो पहिलो भ्रमण हुनेछ ।

भुसिकले परम्परागत सहयोगी रुस र युरोपेली सङ्घ (इयु) मा सामेल हुने सर्बियाको चाहनाबीच सन्तुलन मिलाउने प्रयास गर्नुभएको छ । इयु आक्रमणकारी रुसी सेनाविरुद्धको युद्धमा युक्रेनका मुख्य समर्थकहरूमध्ये एक हो ।

विशेष गरी सन् १९९९ मा कोसोभो युद्धको समयमा रक्षा सङ्गठनले सर्बियाली सेनामाथि बमबारी गरेपछि सर्बिया र रुस दुवैले नाटोप्रति घृणा र अविश्वास साझा गर्छन् ।

युक्रेनमा रुसको आक्रमणका बावजुद सर्बियाले संयुक्त राष्ट्रसङ्घमा आफ्नो लामो समयदेखिको सहयोगीविरुद्ध मतदान गरे पनि मस्कोसँगको सम्बन्ध तोड्न अस्वीकार गरेको छ ।

बेलग्रेड रुसबाट किन्ने सस्तो ग्यासमा अत्यधिक निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’