३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल

३१ जेष्ठ २०८२, शुक्रबार १५:२५

काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्ने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष लम्सालले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिरहेको जस्ता जलवायुजन्य सङ्कटको उजार गर्दै समस्याको समाधानका लागि पहल गर्नसमेत सहयोग गर्ने विश्वास व्याक्त गर्नुभयो ।

“यसप्रकारको तस्बिर प्रदर्शनी जसले पायो उसले र जहिले प¥यो उहिले गर्न सक्दैन । प्रदर्शनीमा हिमालका पुरानो फोटादेखि नयाँ फोटोहरु देखिन्छ । जहाँ हिमालमा जलवायु परिवर्तनले देखाएको असर देखाउँछ”, उहाँले भन्नुभयो, “नेपालले भर्खरै सगरमाथा संवाद सकेको छ । जहाँ जलवायु सङ्कटका बारेमा छलफल भई एउटा निष्कर्षमा पुग्यो । यसमा भएको पैरवी र अब भविष्यमा के गर्न सकिन्छ भन्ने कुरा तस्बिरले महत्व राख्छ ।”

लम्सालले नेपालको पर्वतीय क्षेत्रमा गुम्ने स्थानमा प्रचारप्रसार गर्दै मुलुकको आर्थिक विकासमा सहयोग गर्ने बताउनुभयो । प्रदर्शनमा राखिएको तस्बिरले मुलुकमा पर्वतीय पर्यटनको विकासको सम्भावना प्रष्ट्याउने उहाँको भनाइ छ ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’