२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा लोक सेवा आयोगको प्रशंसा

२०८२, १ असार आईतवार १४:२३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनताको विश्वास सुदृढ हुँदै गइरहेको भन्दै आयोगको निष्पक्षता, पारदर्शिता र योग्यता-आधारित प्रणालीको सराहना गरेका छन्।

लोक सेवा आयोगको हिरक जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोगले दीर्घकालीन रूपमा निजामती, सुरक्षा निकाय तथा संगठित संस्थाहरूमा योग्य जनशक्ति छनोट गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

प्रधानमन्त्री ओलीले, आयोगलाई आवश्यक स्रोत-साधन उपलब्ध गराउने तथा वार्षिक प्रतिवेदनमार्फत आउने सुझावहरू कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूले ध्यान आकर्षण गराएका छन्।

उनले आयोगप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि सरकारले सदैव तत्पर रहने प्रतिबद्धता जनाए।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले योग्यता र निष्पक्षताका आधारमा काम गरेर युवा पुस्तामाझ विश्वास बढाएको र राष्ट्रसेवामा सबैलाई प्रेरित गर्ने वातावरण बनाउँदै लगेको विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण