२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँमा एक भारतीय नागरिकसहित २८ वर्षीय नेपाली युवती मृत फेला

२०८२, १ असार आईतवार १५:०९

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटस्थित एक घरभित्र एकै कोठामा दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ ३० गते राति करिब ९:४० बजे ‘थ्रि–स्टार किड्स जोन’ स्कुलको कम्पाउण्डभित्र रहेको घरमा दुई जनाको शव फेला परेको हो। उक्त घर भारत, पञ्जाब चण्डीगढका ५४ वर्षीय परम नारायण गिलले भाडामा लिएका थिए।

घरको पहिलो तलाको बीचको कोठामा धादिङ गल्छी गाउँपालिका–६ निवासी २८ वर्षीय अन्जना तामाङको शव सोफामा भेटिएको छ। प्रहरीका अनुसार उनको टाउकोमा चोट देखिएको छ।

उक्त कोठाकै भुइँमा परम नारायण गिल पनि मृत फेला परेका छन्। उनको शरीरमा भने कुनै बाह्य चोटपटक देखिएको छैन। घटनास्थलबाट फलामको ह्यामर र विषादी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान गर्न प्रहरी टोली खटिइसकेको छ। शव परीक्षण लगायत अन्य प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन