२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँमा एक भारतीय नागरिकसहित २८ वर्षीय नेपाली युवती मृत फेला

१ असार २०८२, आईतवार १५:०९

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटस्थित एक घरभित्र एकै कोठामा दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ ३० गते राति करिब ९:४० बजे ‘थ्रि–स्टार किड्स जोन’ स्कुलको कम्पाउण्डभित्र रहेको घरमा दुई जनाको शव फेला परेको हो। उक्त घर भारत, पञ्जाब चण्डीगढका ५४ वर्षीय परम नारायण गिलले भाडामा लिएका थिए।

घरको पहिलो तलाको बीचको कोठामा धादिङ गल्छी गाउँपालिका–६ निवासी २८ वर्षीय अन्जना तामाङको शव सोफामा भेटिएको छ। प्रहरीका अनुसार उनको टाउकोमा चोट देखिएको छ।

उक्त कोठाकै भुइँमा परम नारायण गिल पनि मृत फेला परेका छन्। उनको शरीरमा भने कुनै बाह्य चोटपटक देखिएको छैन। घटनास्थलबाट फलामको ह्यामर र विषादी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान गर्न प्रहरी टोली खटिइसकेको छ। शव परीक्षण लगायत अन्य प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…