२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डेनमार्कमा ‘अद्भुत’ भाइकिङ चिहान फेला

३ असार २०८२, मंगलवार १६:१२

एउटा आकस्मिक खोजमा उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको हो भन्ने विश्वास गरिएको १०औँ शताब्दीको चिहान फेला परेको एक सङ्ग्रहालयले मङ्गलबार घोषणा गरेको छ । यो चिहान प्राचीन वस्तुहरूको ‘शानदार’ भण्डारले भरिएको छ ।

डेनमार्कको दोस्रो ठूलो सहर आर्हसबाट सात किलोमिटर उत्तरमा अवस्थित गाउँ लिस्बर्ज नजिकै निर्माण कार्यका क्रममा मोती, सिक्का, सिरेमिक र सुनको धागो भएको बक्स फेला परेपछि यो खोज आएको हो ।

पुरातत्वविद्हरूले १०औँ शताब्दीको उत्तरार्धमा प्रसिद्ध राजा हेराल्ड ब्लुटुथको शासनकालमा करिब ३० वटा चिहान भएको फेला पारेको आर्हसको मोस्गार्ड सङ्ग्रहालयले बताएको छ ।

सङ्ग्रहालयका पुरातत्त्वविद् म्याड्स रेभनका अनुसार चिहानहरू सम्भवतः भाइकिङ युगको कुलीन परिवारसँग जोडिएको छ । यो आठौँ र ११औँ शताब्दीको बीचमा चलेको थियो । यो फार्म सन् १९८० को दशकको अन्तमा चिहान स्थलबाट एक किलोमिटरभन्दा कममा फेला परेको थियो ।

“यो हाराल्ड ब्लुटुथको कुनै अर्ल वा भण्डारे हुनसक्छ”, रेभनले भन्नुभयो ।

रेभनका अनुसार आजको डेनमार्कमा इसाई धर्मको परिचय गराउने राजाले केही क्षेत्रहरू व्यवस्थापन गर्ने जिम्मा कुलीनहरूलाई दिएका थिए ।

अनुसन्धानकर्ताहरूले स्थलमा दाँत र हड्डीहरू जस्ता केही मानव अवशेषहरू पनि फेला पारेका छन् ।

“मानिसहरूले मूलतः उनीहरूका लागि महत्त्वपूर्ण कुराहरू चिहानमा लगे किनभने तिनीहरू यसलाई अर्को संसारमा हस्तान्तरण गर्न चाहन्थे”, पुरातत्त्वविद् रेभनले भन्नुभयो ।

वैज्ञानिकहरूले एक महत्वपूर्ण महिलाको भएको मानेको एउटा चिहानमा सजावटी वस्तुहरू र एक जोडी कैँची भएको बाकस थियो ।

रेभनका अनुसार यो ‘भव्य’ बाकस एक उल्लेखनीय खोज हो । यसअघि केही मात्र फेला परेका छन्, जसमा दक्षिणपूर्वी जर्मनीमा एउटा समावेश छ ।

“यो धेरै दुर्लभ छ, हामीलाई थाहा भएका केवल तीनवटा मात्र छन्”, उहाँले भन्नुभयो ।

लिस्बर्जमा उत्खनन यस हप्ता सम्पन्न हुनेछ । त्यसपछि विज्ञहरूले बरामद गरिएका वस्तुहरूको गहन विश्लेषण सुरु गर्नेछन् ।

विशेष गरी काठका वस्तुहरूले तिनीहरूलाई चिहान स्थलको सही मिति निर्धारण गर्न मद्दत गर्नेछ ।

एक शाही र व्यापारिक केन्द्रका रूपमा आर्हस भाइकिङ युगमा डेनमार्कका सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने