२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

धरानमा साम्पाङ र बेघा समर्थक आमनेसामने, धरान तनावग्रस्त

२०८२, ३ असार मंगलवार १७:१३

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा नगरमा तनावको स्थिति सिर्जना भएको छ। घटनालाई दृष्टिगत गर्दै धरानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाक्लो रूपमा परिचालन गरिएको छ।

विवादको मूलमा धरान–१६ मा सर्दु खोलाको किनारमा गरिएको श्रमदान कार्यको डोर हाजिरीसहित भुक्तानी प्रक्रिया रहेको बताइएको छ। श्रमदानमार्फत गरिएको कामको बिल उपभोक्ता समिति मार्फत पेस गरिएपछि त्यसमा रोक लगाइएको विषयमा दुवै पदाधिकारीबीच मतभेद देखिएको हो।

मंगलबार दिउँसो २ बजेका लागि तय भएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयर कार्यालय परिसरमा दुई पक्षबीच भनाभन भएको थियो। उक्त खबर बाहिरिएसँगै नारायणपथ क्षेत्रमा श्रमदान गरिरहेका मेयर समर्थकहरू उपमहानगर कार्यालयतर्फ आएका थिए।

मेयर समर्थकहरूले “विकासविरोधी उपमेयर चाहिँदैन” र “राजनीतिक हस्तक्षेप बन्द गर” भन्ने नारासहित प्रदर्शन गरे। अर्कातर्फ, उपमेयर बेघासम्बद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले “हर्क साम्पाङ मुर्दावाद” तथा “राज्य संयन्त्रको दुरुपयोग बन्द गर” भन्ने नारासहित प्रतिवाद गरेका थिए।

यस घटनाले उपमहानगरमा राजनीतिक ध्रुवीकरण र प्रशासनिक निर्णयको कार्यान्वयनमा देखिएको असहमति उजागर गरेको छ।

उपमेयर बेघाले सम्बन्धित योजनामा कानुनी प्रक्रिया नपुगेको र पहिले नै सकिएको कार्यलाई निकासा दिने दवाब आएको दाबी गर्दै आफूले अनुगमन र समर्थन गर्न नसक्ने बताएका छन्।

मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रलाई आपतकालीन आधारमा तत्काल सहयोग पुर्‍याउने उद्देश्यले श्रमदान गरिएको र जनताको हितमा काम भएको जिकिर गरेका छन्।

नेकपा माओवादी केन्द्र धरान नगर कमिटी अध्यक्ष उद्धव लिम्बूले मेयर साम्पाङमाथि आफ्ना समर्थकहरूलाई प्रयोग गरी उपमेयरप्रति असममानजनक व्यवहार गराएको आरोप लगाएका छन्।

धरान उपमहानगरभित्र बढ्दो असहमतिका बीच स्थिति सामान्य राख्न स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ