२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रभासको ‘द राजा साब’को फिल्मको चर्चा,४० मिनेटको क्याइमेक्समा लाग्यो ३०० दिन

२०८२, ४ असार बुधबार १३:२८

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास यतिबेला फिल्म ‘द राजा साब’ का कारण थप चर्चामा छन्। ‘बाहुबली’, ‘बाहुबली २’ लगायतका फिल्मबाट फिल्म जगतमा इतिहास रचेका प्रभास ‘द राजा साब’ मा पूर्णतया फरक अवतारमा देखिनेछन्। यो फिल्मको टिजर सोमबार मात्रै सार्वजनिक गरिएको थियो, जसमा उनी फरक अवतारमा छन्।

डिसेम्बरमा विश्वव्यापी प्रदर्शनमा आउने यो फिल्मको रिलिज तालिका पहिले अप्रिलमा थियो। तर, भव्य क्लाइमेक्स दृश्य छायांकन र भिजुअल इफेक्ट (भिएफएक्स) को भारी प्रयोगको कारणले रिलिज पछि सरेको निर्माणपक्षले जनाएको छ।

हरर कमेडी विधाको ‘द राजा साब’ मा मारूतिको लेखन तथा निर्देशन छ भने यसलाई टीजी विश्व प्रसादले निर्माण गरिरहेका छन्। भारतीय संचारमाध्यम नवभारत टाइम्सका अनुसार यो फिल्मको छायांकन १ सय २० दिन भएको थियो।

छायांकनबारे निर्माताले भनेका छन्, ‘मलाई थाहा छैन मारूतिले कसरी तालिका व्यवस्थापन गर्‍यो। उनी बिहान ६ बजे सुटिङ सुरू गर्थे र राति १० वा ११ बजेसम्म सुटिङ गर्थे। र यो १२० दिन (लगभग ४ महिना) सम्म चल्यो।’

फिल्ममा ४० मिनेटको क्याइमेक्स दृश्य रहेको र क्लाइमेक्स दृश्यको भिएफएक्सका लागि मात्रै ३ सय दिन लागेको निर्माताले बताएका छन्।

‘द राजा साब’ मा प्रभाससहित मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार, सञ्जय दत्त लगायतको अभिनय छ। यसलाई यस वर्षको तेलुगु भाषाको सबैभन्दा प्रतीक्षित फिल्महरूमध्ये एक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह