३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘परिवर्तनलाई बुझाउन नसक्दा अराजकता बढेको हो’:महासचिव पोखरेल

४ असार २०८२, बुधबार १६:३३
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने विषय युवापुस्तालाई बुझाउन नसक्दा देशमा अराजकता बढेको बताउनुभएको छ ।
बेलायतको लण्डनस्थित नेपाली दूतावासले गएराति आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र, गणतन्त्रका बारेमा अहिलेका पुस्तालाई बुझाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता व्यक्त गरिएको बताउँदै लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति अन्त्य गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
“भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ, एकले अर्कालाई कमजोर बनाउन भ्रम छर्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ । यसको अन्त्य गर्न सबैले समन्वय गर्नुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो । सामाजिक सञ्जालबाट भ्रम छर्ने गतिविधि बढेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
नेपाली समाजलाई अराजकतावादबाट जोगाउन सबैले साथ सहयोग गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । “अहिले लोकतन्त्र र गणतन्त्रकाविरुद्ध नियोजित प्रचार भइरहेका छन्, त्यसले नेपाली समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले लोकतन्त्र प्राप्ति पछि हरेकको जीवनमा परिर्वतन भएको विश्वास व्यक्त गर्नुभयो । बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन अनुरोध गर्दै उहाँले विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
यही जेठ २९ गते उहाँ बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित त्यसतर्फ जानुभएको थियो । महासचिव पोखरेल यही असार ८ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’