३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘हुलाक सेवा साधनस्रोत प्रविधियुक्त हुनुपर्छ’

९ असार २०८२, सोमबार १२:४०
काठमाडौँ ।  लामो इतिहास बोकेको हुलाक सेवालाई समयसापेक्ष एवं साधनस्रोतबाट सम्पन्न तथा उच्चप्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
हुलाक निर्देशनालय जनकपुरधामद्वारा आज यहाँ आयोजित स्थानीय हुलाकका प्रतिनिधिसँगको अन्तरक्रियाका वक्ताहरूले हुलाक सेवा प्रविधियुक्त नहुँदा सेवाग्राहीबाट अलग हुनुपर्ने अवस्था सिर्जना हुने बताउनुभएको हो ।
बदलिँदो परिस्थितिमा हुलाक सेवा विभागअन्तर्गतका निकायको कार्यलाई भरपर्दो, समयको माग, ग्राहकको चाहना, छिटोछरितो तथा आधुनिक बनाउन नेपाल सरकारले स्पष्ट कानुन बनाउनुपर्ने उहाँहरूको भनाइ छ । सूचना प्रविधिको यस युगमा हुलाकको कार्यमा परिवर्तन नआएकाले शिथिल हुँदै गएकामा उहाँहरूको चिन्ता छ ।
हुलाक सेवा सिथिल हुनुमा विगतमा हुलाकले गर्दै आएका काम अहिले निजी क्षेत्रले लिएको, दक्ष जनशक्ति अभाव रहेको र स्रोतसाधन कमीका कारणले कर्मचारी त्यहाँ बस्न नखोजेकाले समस्या पैदा भएको कारण औँलाइएको छ ।
जिल्ला समन्वय समिति (जिससका) प्रमुख राजनन्दन मण्डलले हुलाकको कामलाई व्यवस्थित तथा जनताको आकर्षण बनाउनका लागि हुलाक सेवा विभागले प्रदेश तथा स्थानीय निकायसँग समन्वय गरेर योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभयो ।
साधनस्रोतको अभावमा त्यहाँ कर्मचारीहरूले काम गर्न नखोज्ने तथा राजनीतिकको पछाडि गएर सरुवा गराउने परिपाटीले हुलाकको दिगो विकास नहुने उहाँको भनाइ थियो ।
रासस मधेश प्रदेश कार्यालयका प्रमुख सुरेश झाले वर्तमान बदलिँदो परिस्थितिमा अन्य सरकारी कर्मचारीको तुलनामा हुलाकमा सुविधा न्यून रहेकाले विशेष सुविधा दिनुपर्ने तथा हुलाक र स्थानीय तहबीच स्रोतसाधनका लागि समन्वय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा हुलाक निर्देशनालय धनुषा, जनकपुरधामका निमित्त निर्देशक लाल झाले अहिले मुलुक सङ्घीय संरचनामा गइसकेपछि ६६७ विभिन्न स्थानीय तहमा हुलाक कार्यालय स्थापना भई सञ्चालनमा रहेको तथा १०५ वटा हुलाकको काउन्टर  स्थापना र चार हजार ६१९ कर्मचारीमार्फत हुलाकको  काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
हुलाक सेवा विभागद्वारा सञ्चालित द्रुत डाँक सेवा नेपालको ४५ जिल्ला तथा  नेपालबाहेक ३९ देशसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भन्नुभयो । साथै झाले स्थानीय पालिकाहरूमा स्थापना गरिएको स्थानीय हुलाकहरूमा कर्मचारी अभाव, बजेटको कमी तथा पूर्वाधारको समस्या रहेको विषयमा जानकारी दिनुभएको थियो ।
सो कार्यक्रममा निर्देशनालयका सूचना अधिकारी भविष्यकुमार झा, प्रशासन शाखाप्रमुख जीतनारायण यादव, डाँक टिकट शाखा प्रमुख विवेक ढुङ्गाना र एक पालिका एक हुलाकको स्थापना तथा सञ्चालन तथा समस्याबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’