२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’ : बर्लिन

१२ असार २०८२, बिहीबार १६:१८

काठमाडौँ । जर्मनीले इरानलाई संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए)सँग काम गरिरहन आग्रह गर्दै इरानी सांसदहरूले आइएइएसँगको सहकार्य रोक्न गरेको मतदानलाई ‘पूर्णतया गलत सङ्केत’ को संज्ञा दिएको छ ।

जर्मनीले इरानी सरकारलाई यो बाटोमा नजान आग्रह गरेको विदेशमन्त्री जोहान बेडफुलले एक पत्रकार सम्मेलनमा बताउनुभयो ।
बेडफुलको यो टिप्पणी इरान र इजरायलबीच १२ दिनसम्म चलेको युद्ध र इरानको संसद्मा भएको मतदानको एक दिनपछि आएको हो । युद्धका क्रममा अमेरिकाले इरानी आणविक केन्द्र र इजरायलले इरानी आणविक केन्द्रका साथै अन्य स्थलमा आक्रमण गरेका थिए ।

इरानको सरकारी टेलिभिजनका अनुसार संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानको आणविक केन्द्रमाथि भएको आक्रमणको निन्दा गर्न समेत अस्वीकार गरेको र आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता लिलामीका लागि राखेको बताउनुभएको छ ।
इरानी संसदको निर्णयका लागि अझै पनि इरानको गार्जियन काउन्सिलको अनुमोदन आवश्यक छ, जुन कानूनको परीक्षण गर्ने अधिकार प्राप्त निकाय हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता अमेरिका र इरानबीच वार्ता हुने बताएपछि वेडफुलले अमेरिका र इरानबीच वार्ता हुने ‘आशावादी सङ्केत’ देखिएको बताउनुभएको छ ।

क्यानडाका समकक्षी नेता अनिता आनन्दसँगको संयुक्त पत्रकार सम्मेलनमा वेडफुलले भन्नुभयो, “हामी जतिसक्दो चाँडो बाध्यकारी सम्झौताका लागि हाम्रा सबै कूटनीतिक प्रयासलाई अघि बढाइरहेका छौँ ।

बेलायत, फ्रान्स र जर्मनीको तथाकथित इ–३ समूहले कुनै पनि वार्तामा ‘केन्द्रीय भूमिका खेल्ने’ र ’इरानले स्पष्ट रुपमा युरोपेली घटकको सहयोग चाहेको’ उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…