२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फ्रान्समा समुद्र तट र पार्कमा धुम्रपान निषेध

२०८२, १५ असार आईतवार १२:२१

फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धुम्रपान गर्न रोक लगाइएको छ ।

बालबालिकालाई निष्क्रिय धुम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ ।

शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् ।

समुन्द्री किनारमा बालबालिकालाई धुम्रपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागू गरिएको छ ।

प्रतिबन्धको निर्णयबाट खुशी बनेका तम्बाकू विरोधी अभियन्ताहरूले सरकारको प्रतिबन्धले बार र रेस्टुरेन्टका छतहरूलाई नसमेटेकोमा भने चिन्ता व्यक्त गरेका छन् । विद्युतीय चुरोटमा पनि प्रतिबन्ध नलाग्दा उनीहरू दुःखी छन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै घोषणा गरेपछि सुरुमा यो नियम मंगलबारदेखि लागू हुने अपेक्षा गरिएको थियो तर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा लैजान यसलाई आइतबारका लागि सारिएको थियो ।

नयाँ नियमअनुसार विद्यालय, स्विमिङ पुल, पुस्तकालय र अन्य स्थानको १० मिटरको परिधिभित्र धुम्रपान गर्नपाइनेछैन ।

स्वास्थ्य मन्त्रालयले आगामी दिनमा यी क्षेत्रमा धुम्रपानका लागि न्यूनतम दूरी घोषणा गर्नुका साथै त्यस्ता क्षेत्र तोक्न प्रयोग गरिएको सङ्केत समेत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिबन्धको उल्लङ्घन गर्नेलाई १३५ युरो (१६० अमेरिकी डलर) देखि अधिकतम ७०० युरोसम्म जरिवाना हुन सक्छ । यद्यपि स्वास्थ्य मन्त्रालयले नयाँ नियमहरू व्याख्या गरिएकाले प्रारम्भिक थप समयको अपेक्षा गरेको छ ।

वास्थ्य तथा परिवारमन्त्री क्याथरिन वुट्रिनले भन्नुभयो, “पार्क,समुद्र तट, विद्यालयजस्ता बालबालिका भएको ठाउँबाट सुर्तीजन्य पदार्थको प्रयोगलाई प्रतिबन्ध लगाउनुपर्छ । यी खेल्ने, सिक्ने र स्वस्थ जीवनका लागि स्वस्थ श्वासप्रश्वास प्राप्त हुने धेरै बालबालिका जमघट हुने स्थानहरू हुन् धुम्रपानका लागि होइन।”

फ्रान्सले सन् २०३२ देखि यो ‘सुर्तीजन्य पदार्थमुक्त पुस्ता’को विकास गर्न चालेको महत्वपूर्ण कदम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह