२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फ्रान्समा समुद्र तट र पार्कमा धुम्रपान निषेध

१५ असार २०८२, आईतवार १२:२१

फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धुम्रपान गर्न रोक लगाइएको छ ।

बालबालिकालाई निष्क्रिय धुम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ ।

शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् ।

समुन्द्री किनारमा बालबालिकालाई धुम्रपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागू गरिएको छ ।

प्रतिबन्धको निर्णयबाट खुशी बनेका तम्बाकू विरोधी अभियन्ताहरूले सरकारको प्रतिबन्धले बार र रेस्टुरेन्टका छतहरूलाई नसमेटेकोमा भने चिन्ता व्यक्त गरेका छन् । विद्युतीय चुरोटमा पनि प्रतिबन्ध नलाग्दा उनीहरू दुःखी छन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै घोषणा गरेपछि सुरुमा यो नियम मंगलबारदेखि लागू हुने अपेक्षा गरिएको थियो तर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा लैजान यसलाई आइतबारका लागि सारिएको थियो ।

नयाँ नियमअनुसार विद्यालय, स्विमिङ पुल, पुस्तकालय र अन्य स्थानको १० मिटरको परिधिभित्र धुम्रपान गर्नपाइनेछैन ।

स्वास्थ्य मन्त्रालयले आगामी दिनमा यी क्षेत्रमा धुम्रपानका लागि न्यूनतम दूरी घोषणा गर्नुका साथै त्यस्ता क्षेत्र तोक्न प्रयोग गरिएको सङ्केत समेत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिबन्धको उल्लङ्घन गर्नेलाई १३५ युरो (१६० अमेरिकी डलर) देखि अधिकतम ७०० युरोसम्म जरिवाना हुन सक्छ । यद्यपि स्वास्थ्य मन्त्रालयले नयाँ नियमहरू व्याख्या गरिएकाले प्रारम्भिक थप समयको अपेक्षा गरेको छ ।

वास्थ्य तथा परिवारमन्त्री क्याथरिन वुट्रिनले भन्नुभयो, “पार्क,समुद्र तट, विद्यालयजस्ता बालबालिका भएको ठाउँबाट सुर्तीजन्य पदार्थको प्रयोगलाई प्रतिबन्ध लगाउनुपर्छ । यी खेल्ने, सिक्ने र स्वस्थ जीवनका लागि स्वस्थ श्वासप्रश्वास प्राप्त हुने धेरै बालबालिका जमघट हुने स्थानहरू हुन् धुम्रपानका लागि होइन।”

फ्रान्सले सन् २०३२ देखि यो ‘सुर्तीजन्य पदार्थमुक्त पुस्ता’को विकास गर्न चालेको महत्वपूर्ण कदम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…