२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि

१५ असार २०८२, आईतवार १२:४४

तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।

तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् ।

“इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ ।

इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताउनुभयो ।

जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए ।

न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ ।

इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ ।

आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो ।

इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…