२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम: संयुक्त राष्ट्रसंघ

१५ असार २०८२, आईतवार १८:०५

अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो देश फर्किन थालेपछि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर) ले गहिरो चिन्ता व्यक्त गरेको छ। यसरी ठूलो संख्यामा शरणार्थीहरू एकैचोटि फिर्ता भएपछि अफगानिस्तानको पहिले नै संवेदनशील रहेको स्थायित्वमा थप असर पर्न सक्ने चेतावनी दिइएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ को मार्च २० बाट लागू भएको फिर्ता सम्बन्धी समयसीमापछि हालसम्म ६ लाख ४० हजारभन्दा बढी अफगान नागरिकहरू इरानबाट फर्किएका छन्। इरान र पाकिस्तान दुबैबाट हालसम्म १२ लाखभन्दा बढी अफगानहरू स्वदेश फर्किएको युएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ।

युएनएचसीआरका अफगानिस्तानस्थित प्रतिनिधि आराफत जमालले भन्नुभयो,“हामीले तुरुन्तै सहयोग पुर्‍याउनु आवश्यक छ। अन्तर्राष्ट्रिय समुदायलाई हामी आग्रह गर्न चाहन्छौं कि उनीहरूले आपतकालीन सहायता मात्र होइन, दीर्घकालीन पुनःस्थापनाका कार्यक्रमहरूमा पनि सहयोग पुर्‍याऊन्। यदि शरणार्थीहरूलाई समाजमा सम्मानजनक र स्थायीरूपमा पुनःस्थापित गर्न सकिएन भने अस्थिरता र पुनः विस्थापनको चक्र निरन्तर दोहोरिन सक्छ।”

संयुक्त राष्ट्रसंघले पुनः आग्रह गर्दै शरणार्थीको फिर्ता स्वेच्छिक, सुरक्षित र मर्यादापूर्ण हुनुपर्ने भनेको छ। । कुनै पनि प्रकारको दबाब वा जबरजस्ती फिर्ताले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्दैन, बरु समग्र क्षेत्रमा अस्थिरता निम्त्याउन सक्छ।

युएनएचसीआरको अनुमानअनुसार हालसम्म पनि करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, तीमध्ये धेरैजसो इरान र पाकिस्तानमा छन्। तीमध्ये अधिकांशले कुनै पनि कानुनी कागजात नपाएका कारण उनीहरूको अवस्था झनै संवेदनशील रहेको जनाइएको छ।

संयुक्त राष्ट्रसंघले समग्र अन्तर्राष्ट्रिय समुदाय, छिमेकी राष्ट्र र सहयोगी संस्थाहरूलाई अपिल गर्दै शरणार्थीहरूको सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…