२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता

१६ असार २०८२, सोमबार १२:२२

काठमाडौँ । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता लिएको छ । योसँगै अमेरिका र क्यानडाबिच व्यापार सम्बन्धी वार्ता फेरि सुरु हुनेछ । प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको क्यानडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि शुक्रवार ट्रम्पले ठुला अमेरिकी प्राविधिक कम्पनीहरूलाई कर लगाउने तयारी गरिरहेका कारण क्यानडाले व्यापार वार्ता रोकेको आरोप लगाएका थिए । यस वर्षको सुरुमा दुई देशबिच व्यापार तनाव बढेको थियो । दुवैले एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए ।

‘धेरै ठुला प्राविधिक कम्पनीहरूले क्यानडामा कमाएको आम्दानीमा कर तिर्दैनन् भन्ने तथ्यलाई ध्यानमा राख्दै डिजिटल सेवा कर प्रस्ताव गरिएको हो । क्यानडाको प्राथमिकता सधैँ एउटा यस्तो अन्तर्राष्ट्रिय सम्झौता रहेको छ, ताकि प्रत्येक देशमा फरक कर संरचनाहरू अन्त्य गर्न सकियोस्’ क्यानडा सरकारको विज्ञप्तिमा भनिएको थियो ।

विज्ञप्तिअनुसार क्यानडाले अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर ढाँचा विकास गर्न काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य