२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायो : डब्लुएफपी

१७ असार २०८२, मंगलवार १५:२८

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा भागेका लाखौँ सुडानी शरणार्थीहरू भोकमरी र कुपोषणमा गहिरो डुब्ने जोखिम रहेको चेतावनी दिएको छ ।

डब्लुएफपीले अन्तर्राष्ट्रिय समुदायलाई सुडानका शरणार्थी र उनीहरूलाई समर्थन गर्ने आयोजक समुदायका लागि खाद्यान्न र पोषण सहायता कायम राख्न थप स्रोत परिचालन गर्न आग्रह गरेको छ ।

राष्ट्रसङ्घीय एजेन्सीले सात छिमेकी देशमा भागेका शरणार्थीहरूलाई आपत्कालीन सहायता प्रदान गर्न तुरुन्तै परिचालन गर्दा निरन्तर खाद्य सहायता चाँडै उपलब्ध कोषभन्दा बढी आवश्यक रहेको जनाएको छ ।

आगामी छ महिनासम्म छिमेकी देशहरूमा सुडानी शरणार्थीहरूका लागि आपत्कालीन प्रतिक्रिया कायम राख्न डब्लुएफपीलाई २० करोड अमेरिकी डलरभन्दा बढी आवश्यक रहेको औँल्याउँदै एजेन्सीले स्रोत अभावका कारण सहयोग आगामी महिनाहरूमा रोक्न सक्ने चेतावनी दिएको छ ।

एजेन्सीका अनुसार सुडानभित्रका सबैभन्दा कमजोरहरूका लागि जीवन बचाउने कार्यका लागि थप ५७ करोड ५० लाख डलर आवश्यक छ ।

“सुडानबाट भागेका लाखौँ मानिस पूर्णरूपमा डब्लुएफपीको समर्थनमा निर्भर छन्, तर थप कोषबिना हामी खाद्य सहायतामा थप कटौती गर्न बाध्य हुनेछौँ । यसले कमजोर परिवारहरू र विशेष गरी बच्चाहरूलाई भोकमरी र कुपोषणको बढ्दो गम्भीर जोखिममा छोड्नेछ”, सुडान क्षेत्रीय सङ्कटका लागि डब्लुएफपीका आपत्कालीन संयोजक शन ह्युजले भन्नुभयो, “अन्ततः, मानवीय सहयोगले मात्रै द्वन्द्व र जबरजस्ती विस्थापनको अन्त्य गर्न सक्दैन–राजनीतिक र विश्वव्यापी कूटनीतिक कार्य युद्धको अन्त्य गर्न तत्काल आवश्यक छ ताकि शान्ति र स्थिरता फिर्ता हुन सकोस् ।”

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र द्रुत समर्थन बलहरू बीच द्वन्द्व सुरु भएदेखि सुडानले ठूलो विस्थापन सङ्कटको अनुभव गरेको छ, लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । यसलाई विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट बनाएको संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य