१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इयू–चीन व्यापार द्वन्द्वः चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

२२ असार २०८२, आईतवार १५:२१

युरोपेली सङ्घ (इयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ ।

चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनमा स्थापना भएका युरोपेली पूँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन (६३ लाख अमेरिकी डलर) भन्दा बढीको मागबाट बाहिर राखिनेछ।”

सम्बन्ध सुधारका लागि चीनका विदेशमन्त्री वाङ यीले गत साता युरोपेली सङ्घको मुख्यालय ब्रसेल्सका साथै फ्रान्स र जर्मनीको भ्रमण गर्नुभएको थियो ।

यद्यपि, इयूको चीनसँग ३५७.१ अर्ब डलरको व्यापार घाटासहित आर्थिक सम्बन्धमा गहिरो द्वन्द्व कायमै छ ।

आइतबारदेखि लागू हुने गरी चीनले लगाएको प्रतिबन्धमा कृत्रिम उपकरण, पार्टपुर्जादेखि मेडिकल मेसिनरी र सर्जिकल उपकरणसम्मका उत्पादन समावेश गरिएको छ ।

चिनियाँ अर्थ मन्त्रालयले गैर–युरोपेली कम्पनीहरूको सवालमा इयूका उत्पादनहरूको अनुपात ५० प्रतिशतभन्दा बढी हुन नसक्ने बताएको छ ।

इयूले चीनबिरूद्ध दोहोरो मापदण्ड अपनाएको र चिनियाँ कम्पनीहरूलाई ५० लाख यूरो (५८ लाख डलर) भन्दा बढीको सरकारी मेडिकल उपकरणहरू खरीदमा प्रतिबन्ध लगाएको बेइजिङले आरोप लगाएको र बदलामा इयूले बेइजिङका तर्फबाट आक्रोशपूर्ण प्रतिक्रियाको सामना गर्नुपरेको हो ।

युरोपेली सङ्घले उक्त प्रतिबन्ध ‘चीनले लामो समयदेखि इयूमा निर्मित मेडिकल उपकरणलाई चिनियाँ सरकारी सम्झौताबाट बहिष्कृत गरेको’ प्रतिक्रिया भएको बताएको थियो ।

ब्रसेल्सका अनुसार चीनमा निर्यात हुने चिकित्सा उपकरणहरूको लागि सार्वजनिक खरीद सम्झौताको झण्डै ९० प्रतिशत इयूका फर्महरू ‘बहिष्करण र भेदभावपूर्ण मापदण्डको दायरामा’ थिए ।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनले पटक–पटक द्विपक्षीय संवादका माध्यमबाट सार्वजनिक खरिदका क्षेत्रमा परामर्श, संवाद र द्विपक्षीय व्यवस्थाका माध्यमबाट यी विवादहरूको उचित समाधान गर्न आफ्नो इच्छा व्यक्त गर्दै आएको छ ।”

विगत तीन वर्षमा ब्रसेल्स र बेइजिङ इलेक्ट्रिक कार, रेल उद्योग, सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनसहितका धेरै आर्थिक कारोबारहरूमा द्वन्द्व देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन