२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा युद्धविराम वार्ताका लागि इजरायली वार्ताकार कतार जाने

२०८२, २२ असार आईतवार १६:१८

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूले यसअघि नै द्वन्द्वको मुख्य मध्यस्थकर्ता कतारमा एक टोली पठाउने घोषणा गर्नुभएको थियो, यद्यपि, उहाँले अमेरिका समर्थित युद्धविराम सम्झौताको मस्यौदामा हमासको प्रतिक्रियामा केही ‘अस्वीकार्य’ मागहरू समावेश भएको बताउनुभएको थियो ।

गाजामा युद्धको २२ औं महिना नजिकिदै गर्दा युद्ध अन्त्यका लागि बढ्दो मागको सामना गरिरहेका नेतान्याहुले आगामी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा पट्टीमा रहेका बन्धकहरूलाई फिर्ता गर्न माग गर्दै शनिबार इजरायली प्रदर्शनकारीहरू इजरायलको तटीय केन्द्र तेल अभिभमा भेला भएका छन् ।

बन्दी गाली र जिभ बर्मनकी काकी म्याकाबित मेयरले ‘सबैलाई बचाउने’ सम्झौताको लागि आह्वान गर्नुभयो ।

हमासले शुक्रबार वार्तामा ’तत्काल र गम्भीरतापूर्वक संलग्न हुन’ तयार रहेको बताइसकेको छ ।

नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ कतारको प्रस्तावमा इजरायलले सहमति जनाएको छ र छलफल गर्न वार्ताकारहरू पठाउँदैछ ।

उहाँले भन्नुभयो, हमासले कतारको प्रस्तावमा गर्न चाहेको परिवर्तन इजरायलका लागि अस्वीकार्य हुनेछ ।”

गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली सेनाको कारबाहीमा परी १४ जनाको मृत्यु भएको जनाएको छ ।

गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ एएफपीले नागरिक सुरक्षा एजेन्सीले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न असमर्थ भएको छ ।

एएफपीसँग सम्पर्क गर्दा इजरायली सेनाले निश्चित समन्वय बिना कुनै खास आक्रमणबारे टिप्पणी गर्न नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो