२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा युद्धविराम वार्ताका लागि इजरायली वार्ताकार कतार जाने

२२ असार २०८२, आईतवार १६:१८

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूले यसअघि नै द्वन्द्वको मुख्य मध्यस्थकर्ता कतारमा एक टोली पठाउने घोषणा गर्नुभएको थियो, यद्यपि, उहाँले अमेरिका समर्थित युद्धविराम सम्झौताको मस्यौदामा हमासको प्रतिक्रियामा केही ‘अस्वीकार्य’ मागहरू समावेश भएको बताउनुभएको थियो ।

गाजामा युद्धको २२ औं महिना नजिकिदै गर्दा युद्ध अन्त्यका लागि बढ्दो मागको सामना गरिरहेका नेतान्याहुले आगामी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा पट्टीमा रहेका बन्धकहरूलाई फिर्ता गर्न माग गर्दै शनिबार इजरायली प्रदर्शनकारीहरू इजरायलको तटीय केन्द्र तेल अभिभमा भेला भएका छन् ।

बन्दी गाली र जिभ बर्मनकी काकी म्याकाबित मेयरले ‘सबैलाई बचाउने’ सम्झौताको लागि आह्वान गर्नुभयो ।

हमासले शुक्रबार वार्तामा ’तत्काल र गम्भीरतापूर्वक संलग्न हुन’ तयार रहेको बताइसकेको छ ।

नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ कतारको प्रस्तावमा इजरायलले सहमति जनाएको छ र छलफल गर्न वार्ताकारहरू पठाउँदैछ ।

उहाँले भन्नुभयो, हमासले कतारको प्रस्तावमा गर्न चाहेको परिवर्तन इजरायलका लागि अस्वीकार्य हुनेछ ।”

गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली सेनाको कारबाहीमा परी १४ जनाको मृत्यु भएको जनाएको छ ।

गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ एएफपीले नागरिक सुरक्षा एजेन्सीले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न असमर्थ भएको छ ।

एएफपीसँग सम्पर्क गर्दा इजरायली सेनाले निश्चित समन्वय बिना कुनै खास आक्रमणबारे टिप्पणी गर्न नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…