२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान

२३ असार २०८२, सोमबार १२:४९
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ । हिमालयन नेचरलगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर्यबत्ती जडान गरिएका हुन् ।
हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार, जङ्गली जनावर बस्तीमा प्रवेश गर्ने मुख्य नाकाहरूमा रातको समयमा उज्यालो हुने व्यवस्था मिलाउन बत्ती जडान गरिएको छ । “सौर्य बत्ती साँझ परेपछि आफैँ बल्ने र बिहान उज्यालो हुँदा निभ्ने सेन्सरयुक्त प्रविधिमा आधारित छ,” उहाँले बताउनुभयो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी र त्रिशक्ति उपभोक्ता समितिको सहकार्यमा वडा नं १ देखि ७ सम्मका १० स्थानमा वत्ती जडान गरिएको छ । परियोजनाअन्तर्गत यस कार्यका लागि करिब रु १० लाख खर्च गरिएको छ ।
सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बिष्टका अनुसार हात्ती, चित्तल, नीलगाईजस्ता जनावरहरू रातिका बेला बारम्बार बस्ती छिर्ने भएकाले उज्यालो भएपछि तिनीहरू तर्केर भाग्ने गर्दछन् ।  स्थानीय किसानले खेतबारीमा लगाएको तरकारी, अन्नबाली जोगाउन सौर्यबत्तीले सहयोग पु¥याउँदै छ ।
“मध्यवर्ती क्षेत्रका किसानहरू निकुञ्जबाट आउने वन्यजन्तुका कारण बर्सेनि अन्नबालीमा क्षति भोग्दै आएका छन्,” उहाँले भन्नुभयो, “विशेषतः वर्षा सुरु हुनुअघि भारतीय दुधुवा नेसनल पार्कबाट चुरे क्षेत्रमा पुग्ने हात्तीका बथानले भौतिक र मानवीय क्षति पु¥याउने गरेको छ ।”
“निकुञ्जका जनावरका कारण नगरपालिकाका १० बढी वडाहरू प्रभावित रहेका छन्,” त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमनबहादुर चन्दले भन्नुभयो, “जङ्गली जनावर प्रभावित सबै क्षेत्रमा सौर्यबत्ती जडानको कार्य हुन नसके पनि थोरै स्थानमा यस वर्ष बत्ती जडान गरिएको छ, अर्को वर्ष अन्य क्षेत्रमा सौर्यबत्ती जडान गर्दै लैजाने योजना रहेको छ ।”
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन, बस्ती सुरक्षाको दृष्टिकोणले गरिएको सौर्यबत्ती जडान प्रभावकारी हुने अपेक्षा उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का