२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प र नेतन्याहूबीच सोमबार भेटवार्ता हुँदै, इजरायल–हमास सम्झौता ‘यसै हप्ता’ हुने आशा

२३ असार २०८२, सोमबार १३:२८

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नुहुनेभएको छ ।

राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गर्नुभएको छ ।

इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नु रहनेछ ।

आइतबार ट्रम्पलेसम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताउनुभएको थियो ।

“हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,” उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताउनुभएको थियो ।

झण्डै दुई वर्षको युद्धपछि मानवीय सङ्कटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहनुभएको छ ।

नेतन्याहूले भन्नुभयो, “हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।”

यसअघि उहाँले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताउनुभएको थियो ।

– ‘महत्वपूर्ण अभियान’ –

वार्तामा संलग्न दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार उक्त प्रस्तावमा ६० दिनको युद्धविराम, हमासले इजरायलद्वारा हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा १० जीवित बन्धकहरू र मतक बन्धकका शवहरू रिहा गर्ने लगायतका बिषय छन् ।

समूहले गाजाबाट इजरायलको फिर्तासहित केही शर्तहरू राखेको छ । वार्ताको क्रममा लडाईं पुनः सुरु नगर्न ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता वितरण प्रणालीलाई पुनः सुरु गनमाग पनि गरिरहेको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबार नेतन्याहूसँगको भेटपछि भन्नुभयो, “नेतन्याहूको वासिङ्टनमा एउटा ‘महत्वपूर्ण अभियान’ छ, जसले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउने सम्झौतालाई अगाडि बढाइरहेको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग सोमबार साँझ ६ः३० बजेसम्म भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

सन् २०२३ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य