२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

२०८२, २३ असार सोमबार १७:१५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ ।
“कर लगाउने सन्दर्भमा, व्यापार र भन्सार शुल्क युद्धको कुनै विजेता हुँदैन र संरक्षणवादले अगाडि बढ्ने कुनै बाटो दिँदैन भनेर चीनले बारम्बार आफ्नो स्थिति स्पष्ट पारेको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो ।
ट्रम्पले व्यापारिक साझेदारहरूलाई सम्झौतामा पुग्नका लागि आफ्नो समयसीमा समाप्त हुनुभन्दा केही दिनअघि सोमबार विभिन्न देशहरूलाई पहिलो भन्सार शुल्क पत्र पठाउने बताउनुभएको छ ।
यदि देशहरूले सम्झौता गर्न असफल भए भने आयातमा अमेरिकी कर अप्रिलमा निर्धारित उच्च स्तरमा फर्कने चेतावनी दिँदै उहाँले आइतबार १५ वटा पत्रको पहिलो ब्याच पठाउने बताउनुभएको थियो ।
आफ्नो ट्रुथ सोसल नेटवर्कमा एक पोस्टमा उहाँले आइतबार रियो डि जेनेरियोमा भएको शिखर सम्मेलनमा उहाँको शुल्कको आलोचना गरेपछि तिनीहरूलाई ‘अमेरिका विरोधी’ भएको आरोप लगाउँदै ब्रिक्स राष्ट्रहरूसँग मिल्ने उदीयमान देशहरूमा थप १० प्रतिशत शुल्क लगाउने धम्की दिनुभयो ।
दुई दशकअघि तीव्र गतिमा विकास भइरहेको अर्थतन्त्रका लागि मञ्चका रूपमा परिकल्पना गरिएको ब्रिक्सलाई अमेरिका र पश्चिमी युरोपेली शक्तिका लागि चीनद्वारा सञ्चालित प्रतिसन्तुलनका रूपमा हेरिएको छ ।
तथापि, बेइजिङले सोमबार यस समूहको ‘उदीयमान बजार र विकासशील देशहरूबीच सहयोगको महत्त्वपूर्ण मञ्च’ भनेर रक्षा गरेको छ ।
“यसले खुलापन, समावेशिता र जित–जितको सहयोगको वकालत गर्छ”, माओले भन्नुभयो, “यो खेमाबन्दी टकरावमा संलग्न हुँदैन र कुनै देशलाई लक्षित गरिएको छैन ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह