२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

२३ असार २०८२, सोमबार १७:१५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ ।
“कर लगाउने सन्दर्भमा, व्यापार र भन्सार शुल्क युद्धको कुनै विजेता हुँदैन र संरक्षणवादले अगाडि बढ्ने कुनै बाटो दिँदैन भनेर चीनले बारम्बार आफ्नो स्थिति स्पष्ट पारेको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो ।
ट्रम्पले व्यापारिक साझेदारहरूलाई सम्झौतामा पुग्नका लागि आफ्नो समयसीमा समाप्त हुनुभन्दा केही दिनअघि सोमबार विभिन्न देशहरूलाई पहिलो भन्सार शुल्क पत्र पठाउने बताउनुभएको छ ।
यदि देशहरूले सम्झौता गर्न असफल भए भने आयातमा अमेरिकी कर अप्रिलमा निर्धारित उच्च स्तरमा फर्कने चेतावनी दिँदै उहाँले आइतबार १५ वटा पत्रको पहिलो ब्याच पठाउने बताउनुभएको थियो ।
आफ्नो ट्रुथ सोसल नेटवर्कमा एक पोस्टमा उहाँले आइतबार रियो डि जेनेरियोमा भएको शिखर सम्मेलनमा उहाँको शुल्कको आलोचना गरेपछि तिनीहरूलाई ‘अमेरिका विरोधी’ भएको आरोप लगाउँदै ब्रिक्स राष्ट्रहरूसँग मिल्ने उदीयमान देशहरूमा थप १० प्रतिशत शुल्क लगाउने धम्की दिनुभयो ।
दुई दशकअघि तीव्र गतिमा विकास भइरहेको अर्थतन्त्रका लागि मञ्चका रूपमा परिकल्पना गरिएको ब्रिक्सलाई अमेरिका र पश्चिमी युरोपेली शक्तिका लागि चीनद्वारा सञ्चालित प्रतिसन्तुलनका रूपमा हेरिएको छ ।
तथापि, बेइजिङले सोमबार यस समूहको ‘उदीयमान बजार र विकासशील देशहरूबीच सहयोगको महत्त्वपूर्ण मञ्च’ भनेर रक्षा गरेको छ ।
“यसले खुलापन, समावेशिता र जित–जितको सहयोगको वकालत गर्छ”, माओले भन्नुभयो, “यो खेमाबन्दी टकरावमा संलग्न हुँदैन र कुनै देशलाई लक्षित गरिएको छैन ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…