२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्याजदर घटाउन हतार गर्नु हुँदैनः इसीबीे

२७ असार २०८२, शुक्रबार १७:३८

युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएको छ ।

इसीबीका कार्यकारी बोर्ड सदस्य इसाबेल स्केनाबेलले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताउनुभएको हो ।

“हामी राम्रो अवस्थामा छौँं,” युरो क्षेत्रमा उत्पादन र वृद्धिको मजबुत आँकडालाई इङ्गित गर्दै स्केनाबेलले वित्तीय समाचार सेवा इकोनोस्ट्रिम मिडियासँग भन्नुभयो ।

उहाँका अनुसार इसिबी अन्तर्गतका बैङ्कहरूको हालको दरहरूले ऋणीहरूलाई रोकिरहेका छैनन् ।

स्केनाबेलले भन्नुभयो, “विनिर्माण क्षेत्रमा सुधार जारी छ, सबै अग्रगामी सूचकहरूले आश्चर्यजनक रूपमा उनीहरूको वृद्धिको प्रवृत्तिलाई जारी राखेका छन् ।”

उहाँले थप्नुभयो, “यसको अर्थ अर्को दर कटौतीका लागि सम्भावना धेरै उच्च छ ।”

डलरको तुलनामा युरोको पछिल्लो मजबुतीले मुद्रास्फीतिलाई इसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा तल धकेल्न सक्छ कि भनेर सोधिएको प्रश्नमा स्केनाबेलले आफू सशङ्कित रहेको बताउनुभयो ।

“विनिमय दरको मूल्यवृद्धिले अन्तर्निहित मुद्रास्फीतिमा तलको दबाब दिने डर अतिरञ्जित छ,“ स्केनाबेलले भन्नुभयो ।

उहाँले तर्क गर्नुभयो, “धेरै युरोपेली आयातकर्ताहरूले सम्भवतः उपभोक्ताहरूलाई बचत हस्तान्तरण नगरेर आफ्नो लागि कम आयात लागत सुरक्षित राख्नेछन् ।”

उहाँले युरोको पछिल्लो शक्तिले नै युरोजोनमा नयाँ आर्थिक शक्ति प्रतिबिम्बित गरेको बताउनुभयो ।

“मैले नयाँ आर्थिक बर्षको पहिलो छ महिनामा मुद्रास्फीतिको निरन्तर न्यूनिकरणको कुनै जोखिम देख्दिनँ,“ स्केनाबेलले भन्नुभयो ।

हालै पोर्चुगलमा आयोजित एक इसीबी कार्यक्रममा अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलसँग भेटेकी स्केनाबेलले राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो घटाउन माग गरिरहेको अवस्थामा फेडले आफ्नो स्वतन्त्रता कायम राख्न सक्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

“स्वतन्त्रताको एउटा ठोस फाइदा यो हो कि यसले जोखिम लाई कम गर्दछ”, उहाँले भन्नुभयो, “ट्रम्पको आक्रमणहरू आत्म–पराजित साबित हुन सक्छन् ।

इसिबीले जुलाई २४ मा आफ्नो अर्को दर निर्धारण बैठक आयोजना गर्नेछ र उक्त बैठकले लगातार सात कटौतीपछि दरहरू स्थिर राख्ने अपेक्षा गरिएको अधिकांश पर्यवेक्षकहरूले विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला