२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनमा संलग्न १५८ पक्राउ, एक हजार १९४ पिडीत मुक्त : युरोपोल

२७ असार २०८२, शुक्रबार १७:४८

प्रहरीले गत महिना ४३ देशमा मानव बेचबिखनका सम्भावित पीडित एक हजार १९४ जनाको उद्धार गर्नुका साथै १५८ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको युरापेली सङ्घको कानुन कार्यान्वयन निकायले शुक्रबार जनाएको छ ।

युरोप, अफ्रिका, एसिया र अमेरिकाका मानव तस्करलाई लक्षित गरी १५ हजार अधिकारी परिचालन गरिएको ‘ग्लोबल चेन’ अभियानले जनाएको छ ।

रोमानिया, युक्रेन, कोलम्बिया, चीन र हङ्गेरी गरी ६४ देशका नागरिक उनीहरूको अपराधबाट पीडित भएकोे बताइएको छ ।
“मानव बेचबिखनका योजनाहरूको विश्वव्यापी प्रकृतिलाई प्रदर्शित गर्दै पीडितहरूमध्ये धेरैलाई देश वा महादेशभन्दा बाहिर तस्करी गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

“अनुसन्धानले देखाएअनुसार यौन शोषणको सिकार हुनेअधिकांश महिला र वयस्क छन् भने कम उमेरका पीडितहरूको शोषण प्रायः जबर्जस्ती भीख माग्ने र पकेटमार जस्ता आपराधिक गतिविधिसँग सम्बन्धित छ ।”

एउटा घटनामा अस्ट्रियाली प्रहरीले रोमानियाको एक अपराध समूहलाई लक्षित गरी सीमापार अभियान चलाउँदा सात जना शङ्कास्पद मानव तस्करलाई पक्राउ गरेको थियो भने आठ जना महिलाको उद्धार गरेको थियो ।

रोमानियाका छ जना र हङ्गेरीका एक जना गरी छ जना शङ्कास्पद व्यक्ति युरोपेली सङ्घका विभिन्न देशहरूमा परिवारद्वारा सञ्चालित नेटवर्कका सदस्य रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

पीडितहरूलाई तथाकथित ‘प्रेमी–केटा विधि’ प्रयोग गरेर भर्ती गरिएको थियो, जसमा तस्करहरूले महिलाहरूलाई वेश्यावृत्तिमा धकेल्नु अघि रोमान्टिक पार्टनरको रूपमा प्रस्तुत हुन्छन् ।

ब्राजिलमा संघीय प्रहरीले यौन शोषणका लागि म्यान्मा पठाउनुअघि पीडितलाई झुटा जागिरको प्रलोभन दिने समूहलाई कारबाही गरी उनीहरूको सफाया गरेको अधिकारीहरुले बताएका छन् ।

थाई प्रहरीले एक लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सञ्चालित नाबालिगहरूको संलग्नता रहेको वेश्यावृत्ति सञ्जाल तोडेको छ र १२ जना संदिग्धहरूलाई पक्राउ गरेको छ ।

लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्व, जलवायुसम्बन्धी विपद् र विश्वव्यापी अस्थिरताका कारण सन् २०२० यता मानव बेचबिखनमा वृद्धि भएको छ ।

सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरिएको मानव बेचबिखनसम्बन्धी निकायको पछिल्लो विश्वव्यापी रिपोर्टअनुसार सन् २०२० मा ४८ हजार १८८ जना पीडित रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ६९ हजार ६२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा