२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनमा संलग्न १५८ पक्राउ, एक हजार १९४ पिडीत मुक्त : युरोपोल

२०८२, २७ असार शुक्रबार १७:४८

प्रहरीले गत महिना ४३ देशमा मानव बेचबिखनका सम्भावित पीडित एक हजार १९४ जनाको उद्धार गर्नुका साथै १५८ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको युरापेली सङ्घको कानुन कार्यान्वयन निकायले शुक्रबार जनाएको छ ।

युरोप, अफ्रिका, एसिया र अमेरिकाका मानव तस्करलाई लक्षित गरी १५ हजार अधिकारी परिचालन गरिएको ‘ग्लोबल चेन’ अभियानले जनाएको छ ।

रोमानिया, युक्रेन, कोलम्बिया, चीन र हङ्गेरी गरी ६४ देशका नागरिक उनीहरूको अपराधबाट पीडित भएकोे बताइएको छ ।
“मानव बेचबिखनका योजनाहरूको विश्वव्यापी प्रकृतिलाई प्रदर्शित गर्दै पीडितहरूमध्ये धेरैलाई देश वा महादेशभन्दा बाहिर तस्करी गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

“अनुसन्धानले देखाएअनुसार यौन शोषणको सिकार हुनेअधिकांश महिला र वयस्क छन् भने कम उमेरका पीडितहरूको शोषण प्रायः जबर्जस्ती भीख माग्ने र पकेटमार जस्ता आपराधिक गतिविधिसँग सम्बन्धित छ ।”

एउटा घटनामा अस्ट्रियाली प्रहरीले रोमानियाको एक अपराध समूहलाई लक्षित गरी सीमापार अभियान चलाउँदा सात जना शङ्कास्पद मानव तस्करलाई पक्राउ गरेको थियो भने आठ जना महिलाको उद्धार गरेको थियो ।

रोमानियाका छ जना र हङ्गेरीका एक जना गरी छ जना शङ्कास्पद व्यक्ति युरोपेली सङ्घका विभिन्न देशहरूमा परिवारद्वारा सञ्चालित नेटवर्कका सदस्य रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

पीडितहरूलाई तथाकथित ‘प्रेमी–केटा विधि’ प्रयोग गरेर भर्ती गरिएको थियो, जसमा तस्करहरूले महिलाहरूलाई वेश्यावृत्तिमा धकेल्नु अघि रोमान्टिक पार्टनरको रूपमा प्रस्तुत हुन्छन् ।

ब्राजिलमा संघीय प्रहरीले यौन शोषणका लागि म्यान्मा पठाउनुअघि पीडितलाई झुटा जागिरको प्रलोभन दिने समूहलाई कारबाही गरी उनीहरूको सफाया गरेको अधिकारीहरुले बताएका छन् ।

थाई प्रहरीले एक लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सञ्चालित नाबालिगहरूको संलग्नता रहेको वेश्यावृत्ति सञ्जाल तोडेको छ र १२ जना संदिग्धहरूलाई पक्राउ गरेको छ ।

लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्व, जलवायुसम्बन्धी विपद् र विश्वव्यापी अस्थिरताका कारण सन् २०२० यता मानव बेचबिखनमा वृद्धि भएको छ ।

सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरिएको मानव बेचबिखनसम्बन्धी निकायको पछिल्लो विश्वव्यापी रिपोर्टअनुसार सन् २०२० मा ४८ हजार १८८ जना पीडित रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ६९ हजार ६२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह