२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

२९ असार २०८२, आईतवार १४:२७

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल भइरहेको बताउनुभएको छ ।

शनिबारको एक पत्रकार सम्मेलनमा नोएमले यी पाँच राज्यको नेतृत्व रिपब्लिकन गभर्नरले गरिरहेको बताउनुभयो तर उनीहरूको नाम भने खुलाउनुभएन ।

उहाँले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले ‘एलिगेटर अल्काट्राज’ डिटेन्सन सेन्टरको सफलतापूर्वक उद्घाटन गर्न डीएचएससँगको सहकार्यको प्रशंसा गर्नुभयो ।

फ्लोरिडा एभरग्लेड्स (घाँसे मैदान) मा अवस्थित केवल आठ दिनमा निर्माण गरिएका डेड–कोलियर ट्रेनिङ एन्ड ट्रान्जिसन एयरपोर्टमा ३९ वर्ग माइल (१०० वर्ग किलोमिटर) क्षेत्रमा बनेको संरचनामा बन्दीहरूको पहिलो समूहलाई जुलाईको सुरुमा त्यहाँ स्थानान्तरण गरिएको थियो ।

यो केन्द्र हालको अमेरिकी प्रशासनको अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने तीव्र प्रयासको एक हिस्सा हो । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासन र समर्थकहरूबाट प्रशंसा प्राप्त गरेको छ, तर यसले मानव अधिकारका पक्षधरबीच स्थितिको बारेमा चिन्ताजनक रिपोर्टहरू आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव