२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अस्ट्रेलियासँगको सम्बन्ध सुधारिएको फ्रान्सको दाबी

२९ असार २०८२, आईतवार १६:४१

सन् २०२१ मा एउटा ठूलो पनडुब्बी सम्झौतालाई लिएर भएको विवादपछि फ्रान्स र अष्ट्रेलियाबीच बढेको दूरीे रक्षा सम्बन्धमा भएको सुधारसँगै सामान्य बनेको फ्रान्सले आइतबार जनाएको छ ।

अस्ट्रेलियाका लागि फ्रान्सका राजदूत पियरे आन्द्रे इम्बर्टले अस्ट्रेलियाले फ्रान्सबाट डिजेलबाट चल्ने पनडुब्बी खरिदका लागि अर्बौं डलरको सम्झौता तोडेपछि पेरिसले ‘कडा खेद’ व्यक्त गरेको थियो भने त्यसपछि दुई देशबीचको सम्बन्धमा दरार आएको थियो ।

सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको निर्वाचनपछि रक्षा सम्बन्धमा ‘पुनः सुधार सुरु’ भएको उहाँले बताउनुभयो ।

“अब, हाम्रो सहयोगको पहिलो स्तम्भ रक्षा र सुरक्षा हो, त्यसैले हामीसँग धेरै राम्रो स्तरको सहयोग छ,” राजदूत इम्बर्टले एएफपीसँग भन्नुभयो ।

अस्ट्रेलियाले फ्रान्सेली सम्झौतालाई त्यागेपछि उसले संयुक्त राज्य अमेरिका र बेलायतसँग नयाँ त्रिपक्षीय एयुकेयुएस सम्झौतामा आणविक–सञ्चालित जहाजहरू खरिद् गर्ने बाटो रोजेको थियो ।

गत महिना एक अमेरिकी रक्षा अधिकारीले एयुकेयुएसलाई ‘राष्ट्रपतिको अमेरिका फस्र्ट एजेन्डासँग मिल्दोजुल्दो’ र अमेरिकी रक्षा औद्योगिक आधारले ‘उनीहरूको आवश्यकता पूरा गरिरहेको’ सुनिश्चित गर्न पुनरावलोकन भइरहेको बताएका थिए ।

एयुकेयुएस सम्झौता अन्तर्गत अष्ट्रेलियाले १५ वर्षभित्र संयुक्त राज्य अमेरिकाबाट कम्तिमा तीन भर्जिनिया क्लास (सिजिएन ३८ क्लास) पनडुब्बीहरू अधिग्रहण गर्ने र आफ्नै पनडुब्बी जहाजहरू उत्पादन गर्नेछ ।

अमेरिकी नौसेनासँग भर्जिनिया क्लासका २४ वटा पानीजहाज छन् तर अमेरिकी शिपयार्डहरू हरेक वर्ष दुई नयाँ डुङ्गामा निर्धारित उत्पादन लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेका छन्।

यदि एयुकेयुएस सम्झौता पुनरावलोकनबाट पारित भयो भने फ्रान्सले अस्ट्रेलियासँग नयाँ पनडुब्बी सम्झौताबारे छलफल गर्नेबारे कहिल्यै विचार गर्नेछ कि भनेर सोधिएको प्रश्नमा फ्रान्सेली राजदूतले आफू अनुमान गर्न अनिच्छुक रहेको बताउनुभयो ।

“म भन्छु, यो अहिले अस्ट्रेलियाका लागि बढी मुद्दा हो र निस्सन्देह पनि, हामी सँधै अष्ट्रेलियाका हाम्रा साथीहरूसँग छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

“तत्कालका लागि उनीहरूले एयुकेयुएस रोजेका छन्,” उहाँले भन्नुभयो । “यदि यो परिवर्तन हुन्छ (र) उनीहरूले सोध्छन् भने हामी यसबारे सोच्नेछौँ ।

अस्ट्रेलिया र पपुवा न्युगिनीमा आइतबारदेखि सुरु भएको तीन साता लामो वार्षिक तालिसमान साबर सैन्य अभ्यासमा १९ देशका ३० हजारभन्दा बढी सैनिक सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला